पार्टी मिल्यो, कार्यकर्ता मिलेनन् « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

पार्टी मिल्यो, कार्यकर्ता मिलेनन्


यलम्वर टाइम्स
१३ माघ २०७४, शनिबार ०४:४२

जुकेखाडी । जुकेखाडी सामुदायिक वनको सातौं अधिवेशनका लागि राजनीतिक दलको संयुक्त बैठकले मिलाएर कार्य समिति पठाएतापनि कार्यकर्ताले पार्टीको निर्देशन नमान्दा उम्मेद्वारी दिने कार्यमा होडबाजी चलेको छ ।

एमाले, कांग्रेस, माओवादी, जनमुक्ति, नयाँ शक्ति र राप्रपाको संयुक्त बैठकपछि पठाएको नाममा कार्यकर्ताले असहमति जनाउँदै शुक्रबार नयाँ कार्यसमितिको लागि मनोनयन दर्ता गर्ने क्रममा उम्मेद्वारी दिने होडबाजी चलेको हो । कांग्रेसले कोषाध्यक्ष सहित केही सदस्य, माओवादीले उपाध्यक्ष सहित केही सदस्य र एमालेले अध्यक्ष र सचिव सहित केही सदस्य र साना दललाई सदस्यसम्म दिने सहमति भई नाम पठाएको थियो । तर, कार्यकर्ताले पार्टीको निर्णय विपरीत उम्मेद्वारी भकाभक दिन पुगेका थिए ।

अध्यक्षमा दिव्य कट्टेलको उम्मेद्वारी दलले सर्वसम्मत गरेको थियो भने उनको बाघीको रुपमा दुर्गा न्यौपानेको उम्मेद्वारी रहेको छ । उपाध्यक्षमा माओवादी केन्द्रबाट नारायण पौडेलको नाम सिफारिस गरिएको थियो भने माओवादीकै धरणी खतिवडा, विदुर भट्टराई र कांग्रेसको नविनकुमार ओलीको उम्मेद्वारी परेको छ ।

दलले सचिवमा सरिता भण्डारीलाई पठाएको थियो भने अर्का सचिवका दाबेदार रञ्जना कुँवरको उम्मेद्वारी परेको छ । यसरी नै सहसचिवमा नरवदा विश्वकर्मालाई माओवादीबाट प्रतिनिधित्व गर्ने भनिएको थियो । तर, मोहनलाल खतिवडा, शिवशंकर रिजालले उम्मेद्वारी दिएका छन् ।

कोषाध्यक्षमा नेपाली कांग्रेसले सीता नेपालीलाई प्रतिनिधित्व गर्ने भनिएतापनि टीका शिवाकोटी रामकुमार महत, हरिराम शर्माले उम्मेद्वारी दिएका छन् ।

यसरी नै सदस्यमा १ नं. खुल्लातर्फ कोपिला कार्की डोली, भद्रादेवी अधिकारी, गंगाबहादुर वाग्ले, टेकनाथ निरौला, डिल्लीराम गहतराज, देवराज नेपाल, धनपति सुवेदी र पदम कटुवाल रहेका छन् । महिलातर्फ १ मा तेजमाया राई, रुकमणिदेवी भण्डारीको उम्मेद्वारी परेको छ  । यदी दाबी विरोध भएन भने ति दुई सर्वसम्मत रहने छन् ।

यसरी २ मा खुल्ला तर्फ नरेन्द्रप्रसाद नेपाल, योगेन्द्र कटुवालको उम्मेद्वारी परेको छ भने एक महिला मालती लिम्बू रहेकी छिन् । क्षेत्र नं. २ मा युवाराज चापागाई, होमकुमार ल्वागुन सर्वसम्मत भएका छन् । महिलातर्फ अमृता खाती, सीता गुरुङ पौडेलेको उम्मेद्वारी परेको छ ।

यसरी नै ४ मा खुलातर्फ इन्द्रबहादुर कटुवाल, भिमबहादुर माँवो, यामबहादुर दाहाल, लीलाबल्लभ कट्टेलको उम्मेद्वारी परेको छ । महिलातर्फ कञ्चन जवेगु, निरुपा भुजेल र शान्ता राईको उम्मेद्वारी परेको छ । यसरी नै ५ मा गणेश बस्नेतको नाम संयुक्त बैठकले सिफारिस गरेतापनि चन्द्रप्रसाद भेटवाल, मञ्जु घिमिरे दाहालको उम्मेद्वारी परेको छ ।

महिलातर्फ भने तारा लिम्बूको नाम संयुक्त बैठकले सिफारिस गरेको थियो भने मुना अधिकारी भट्टराईको उम्मेद्वारी परेको निर्वाचन आयोगका सदस्य तुलसी खतिवडाले जानकारी दिए । आयोगका अनुसार शनिबार र आईतबारसम्ममा दाबी विरोध फिर्ता लिन समय रहेको बताइएको छ ।

आयोगका आयुक्तमा जिल्ला वन महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी रहेका छन् भने सदस्यमा बुधबारे वन कार्यालयका प्रमुख इन्द्रप्रसाद मण्डल, तुलसी खतिवडा, चिरञ्जीवि शिवाकोटी, शान्तिराम अधिकारी, झालक याम्फू, पुण्यप्रसाद खनाल, याम मगर र चन्द्रकला रहेका छन् ।

निर्वाचनले आईबार २ बजेसम्म दाबी विरोध ४ बजेपछि चुनाव चिन्ह वितरण गर्दै २१ गते निर्वाचन प्रक्रियामा अगाडि बढ्ने आयोगले जनाएका छन् ।

राजनीतिक दलको संयुक्त निर्णयलाई उल्लघंन भयो नि, भनेर कांग्रेसबाट वन समिति सम्बन्धि काम गर्दै आएका खेम काफ्लेलाई प्रश्न गर्दा काफ्लेले पार्टीको नीति विपरीत जानेलाई पार्टीले नै मुल्याङ्कन गर्ने भएको हुँदा केही भन्नु छैन भनी जवाफ दिए ।