ट्राफिक इन्चार्ज खड्का सम्मानित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

ट्राफिक इन्चार्ज खड्का सम्मानित


यलम्वर टाइम्स
२ फाल्गुन २०७४, बुधबार ०७:०५

अर्जुनधारा । ट्राफिक प्रहरी भएर लाइसन्स चेक जाँच गर्ने मात्र नभई स्थानीय विद्यालयमा पुगी माध्यमिक तथा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई ट्राफिक जनचेतना प्रदान गर्न सक्रिय भएका अस्थायी ट्राफिक प्रहरी शनिश्चरेका इन्चार्ज जनक खड्कालाई अर्जुनधारा जेसीजले एक समारोहबिच कुशल प्रहरीको रुपमा सम्मान गरेको छ ।

अर्जुनधारा जेसीजको ५ औं पद हस्तान्तरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सम्मानपत्रसहित नगद २५ सय प्रदान गरेका थिए ।

उनले जेसीज सप्ताह कार्यक्रममा अर्जुनधारा क्षेत्रका अटो सञ्चालक, गाडी चालकलाई ट्राफिक जनचेतना प्रदान गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको थियो । उनलाई लेट्स रन नेपाल संस्थाले पनि सम्मान गरेको छ ।

प्रहरी हवल्दारका रुपमा कार्यरत् जनकले महारानीगञ्ज मावि सालबारी, शनिश्चरे उमावि शनिश्चरे, शनिश्चरे बहुमुखि क्याम्पस, निजी स्रोतबाट सञ्चालित स्वस्तिका शिशु सदन र प्रगती अंग्रेजी आवसीय माविका विद्यार्थीहरुलाई समेत ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरेका थिए भने बेला–बेलामा अटो चालकहरुलाई पनि ट्राफिक जनचेतना प्रदान गर्दै आएका छन् ।