अर्जुनधारामा सर्पदंश सम्बन्धी जनचेतना मूलक गोष्ठी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारामा सर्पदंश सम्बन्धी जनचेतना मूलक गोष्ठी


यलम्वर टाइम्स
१० असार २०७५, आईतवार ०६:००

अर्जुनधारा । झापाको अर्जुनधारामा सर्पदंश न्युनिकरण सम्बन्धी एक दिवसीय जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिकाको आयोजना र नयाँ श्रीनाथ गण, चारआलीको सहयोगमा अर्जुनधारा–७ स्थित पितृ भवनमा एक दिवसीय जनचेतना मूलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रत्येक वडाबाट २५ जनाको दरले जम्मा २ सय जना सहभागिता रहेको खरिदार खगेन्द्र लिङदेनले जानकारी दिए । कार्यक्रमको सहजीकरण नयाँ श्रीनाथ गण, चारआलीका क्याप्टेन दिनेश पन्त, अम ऋषि राम पोख्रेल, जीवन बरालले गरेका थिए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा नगर उप–प्रमुख कमला खतिवडा, बरिष्ठ योजना अधिकृत हिमराज सेडाइ, वडाअध्यक्षहरु गजाधर खतिवडा, जीवनकुमार भण्डारी, दुर्गाप्रसाद दाहाल, लोकनाथ गौतम, पुष्पराज प्रसाई, बलदेव सिंह गोम्देन लगायत कार्यपालिका सदस्य र अन्य जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।