टाङटिङको कटानमा तटबन्धन कार्य शुरु « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

टाङटिङको कटानमा तटबन्धन कार्य शुरु


यलम्वर टाइम्स
२० भाद्र २०७५, बुधबार १०:५०

अर्जुनधारा । अर्जुनधारा–४ भाङबारी स्थित टाङटिङ खोलाले बाँधलाई क्षति पुर्याएर खोला गाउँ पस्न लागेको बेला बुधबार उक्त ठाउँमा तटबन्धन गर्ने कार्य शुरु भएको छ ।

उक्त ठाउँमा २ वटा भ्याकु प्रयोग गरेर खोला छेक्ने कार्य भइरहेको छ । नगर प्रमुख हरिकुमार रानाको अगुवाईमा प्रकोप समितिको उपस्थितिमा उक्त ठाउँ अवलोकन गर्नका साथै खोला छेक्ने कार्य सुरु भएको हो ।

कटान क्षेत्रमा चाँडो तटबन्धन गर्न सकिएन भने अर्जुनधारा–४ का करिब एक सय घर र सयौं विगाह धानवाली नष्ट गर्न सक्ने अवस्था छ ।

खोलाले धार परिवर्तन गरेपछि गत वर्ष बनाइएको बाँध कटुवा लागेर भत्काउन लागेको हो । कटान क्षेत्रमा अर्जुनधारा वडा नं. ४ अध्यक्ष दुर्गाप्रसाद दाहालले यस ठाउँमा दीगो रुपको तटबन्धन गर्न सकिएन भने यसले ठूलै क्षति पुर्याउने बताउँदै नगरभरिका विपद् समिति यस क्षेत्रमा आएर सहयोग गर्न आग्रह गरेका थिए ।

तटबन्धन कार्यमा अर्जुनधारा–३ का अध्यक्ष जीवन भण्डारी, १ का गजाधर खतिवडा, ६ का लोकनाथ गौतम, प्रेस क्लब अध्यक्ष कुमार भट्टराई, सशस्त्र प्रहरी बल खुदुनाबारी, अर्जुनधारा, प्रहरी चौकी शनिश्चरे र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

नगर प्रमुख रानाले उक्त ठाउँको अवलोकन गर्दै तटबन्धन कार्य तत्काल गर्नका लागि विज्ञ मानिसहरु झिकाएर कार्य थाल्न अध्यक्ष दाहाललाई निर्देश दिएका थिए ।