स्थानीय सरकार ! आप्रवासी मजदुरलाई रोक « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

स्थानीय सरकार ! आप्रवासी मजदुरलाई रोक


यलम्वर टाइम्स
३० भाद्र २०७५, शनिबार ०३:३५

अर्जुनधारा । नेपाली श्रमिकहरुको नेतृत्व गर्दै आएको मजदुर संगठनहरुको संयुक्त संघर्ष समितिले आप्रवासी श्रमिकहरुको आगमनले नेपाली श्रमिकहरु विस्थापित हुँदै गएको निचोड निकाल्दै यसलाई स्थानीय स्तरबाट रोक्नुपर्ने माग अगाडि सारेका छन् ।

संयुक्त संघर्ष समितिका अध्यक्ष सन्तोष राजवंशीका अनुसार झापाको बिर्तामोडमा सरदर सालमा ३ सय बढी घर बन्ने भएको र ति बन्ने घरमा विदेशीहरुले कब्जा जमाएर घर निर्माण गर्ने कार्य गरेको हुँदा स्थानीय मजदुरहरु मारमा परेको बताए ।

राजवंशीले भने, ‘आप्रवासी मजदुरलाई नरोके नेपाली मजदुरहरु विस्थापित हुँदे बस्नुपर्ने अवस्था छ ।’

अध्यक्ष राजवंशीका अनुसार हामी भुकम्प प्रतिरोधात्मक भवन बनाउने तालिम लिएका छौं । नेपालको नम्स् अनुसार स्थानीय तहमा दर्ता भएका छौं । सरकारलाई कर पनि तिर्दै आएका छौं तर, भवन बनाउन भने बाहिरका भारतीय नागरिकलाई दिने परिपाटी स्थानीय निकायबाट भएको हुनाले त्यसलाई रोक्न जोडदार माग गरे ।

संयुक्त संघर्ष समितिद्वारा गरिएको पत्रकार सम्मेलनमा क्यूपेकका केन्द्रीय उपमहासचिव अमिरकुमार लिङ्देनले श्रम ऐन अन्तर्गत विदेशीलाई घर बनाउन नपाउने नियम हुँदाहुँदै विदेशी ठेकेदारलाई घर बनाउने जिम्मा दिएर घर मालिक आफै दुःख पाएको बताए ।

जिफण्टका प्रदेश नं. १ का सदस्य सन्तकुमार राईले भारतबाट आउने मजदुर वा ठेकेदार सबै विज्ञ नहुने भएको हुनाले त्यसलाई स्थानीय सरकारले रोक्न बाहेक अरुले नसक्ने बताए ।

ट्रेड युनियन कांग्रेसका नेता दिपक तामाङले श्रम ऐनलाई कुल्चिएर बाहिरका मजदुर आई स्वदेशका मजदुरलाई विस्थापित गर्नु कानून सम्वत नभएको बताए ।

क्यूपेक नेपालका प्रतिनिधि प्रमुख मनोहरि शिवाकोटीले प्रवासी श्रमिक लगाउँदा रोजगार दाताले अनिर्वाय श्रम इजाजत लिनुपर्ने व्यवस्था भएको हुँदा त्यस अनुसार काम लगाउनु पर्ने बताए ।

संयुक्त संघर्ष समितिमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, राष्ट्रिय प्रजातान्त्रिक निर्माण युनियन रहेका छन् ।

संघर्ष समितिमा सन्तोष

राजनीतिक संगठनका मजदुरहरुको अन्तरक्रिया पश्चात आप्रवासी मजदुरहरुलाई रोक्नका लागि संयुक्त संघर्ष समिति गठन भएको छ ।

समितिको अध्यक्षमा सन्तोष राजवंशी, उपाध्यक्षमा हर्कजङ्ग थुङ्गीम, सचिवमा श्याम बस्नेत रहेका छन् ।

यसरी नै सदस्यहरुमा गफार अन्सारी, सोम मुर्मु, श्यामकुमार श्रेष्ठ, तरुण राजवंशी र सुमन राजवंशी रहेका छन् ।

उक्त समिति बन्नु अघि बिर्तामोडमा एक अन्तरक्रिया गरी संघर्ष समिति बनेको क्यूपेक नेपाल झापाका अध्यक्ष देवकुमार राईले जानकारी दिए ।

राईका अनुसार उक्त संघर्ष समितिले आप्रवासी मजदुरलाई रोक्न र नियम अनुसार काम अगाडि बढाउन गठन भएको हो ।