स्वस्तिका र प्रगतिमा बाल दिवस « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

स्वस्तिका र प्रगतिमा बाल दिवस


यलम्वर टाइम्स
३० भाद्र २०७५, शनिबार ०३:४९

अर्जुनधारा । स्वस्तिका शिशु सदनले शुक्रबार बाल दिवस मनाएको छ ।

विद्यालय प्राङ्गणमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई एक ठाउँ भेला गराई लैङ्गिक विभेद तथा यौन हिंसा सम्बन्धि सचेतना गराइएको थियो ।

कार्यक्रममा अधिवक्ता देवी निरौलाले यौन हिंसा जीवनको सबैभन्दा कुकर्ममा पर्ने हिंसा भएको हुँदा यसबाट बच्न विद्यार्थीहरु सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा स्वस्तिका शिशु सदनका फाउण्डर ईश्वरा श्रेष्ठले बाल दिवसको अवसर पारेर विद्यार्थीहरुलाई हिंसा हुनबाट टाढा राख्नका लागि लैङ्गिक विभेद सम्बन्धि विद्यार्थीहरुलाई सचेतना गराउने प्रयास भएको बताइन् ।

प्रिन्सिपल ओमप्रकाश ओझाले स्वागत गरेको कार्यक्रममा विशिष्ट अतिथि अभिभावक संघका अध्यक्ष दिपीन राई, प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, पूर्वाञ्चल दैनिकका अमित खम्बूको आतिथ्य रहेको सञ्चालक सीपी सुवेदीले जानकारी दिए ।

सोही दिन विद्यालयले विद्यार्थीको इच्छा अनुसारका नृत्य, गायन प्रतियोगिता प्रस्तुत गरिएको थियो । नर्सरीदेखि कक्षा १ सम्मका लागि सामूहिक नृत्य र अन्यलाई कक्षा कोठामा बाल दिवसका विषयमा अधिकार र चेतनाका ज्ञानहरु प्रदान गरेका थिए ।

यसरी नै प्रगति अंग्रेजी आवसीय माध्यमिक विद्यालयले पनि बाल दिवस मनाएको छ ।

बाल दिवसको अवसरमा विद्यालयका प्रिन्सिपल मातृकाप्रसाद निरौलाले बाल शिक्षा र बाल अधिकारका विषयमा रचनात्मक सन्देश प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्व शिक्षक बालकृष्ण रिमालले बाल दिवस बाल अधिकार अन्तर्गतको दिवस भएको बताउँदै
बाल हिंसाका विषयमा प्रकाश पारेका थिए ।

शिक्षक सुनिल थापाले बाल दिवसको औचित्यबारे प्रकाश पारेको विद्यालयका दिपेन सुब्बाले जानकारी दिए ।

स्वस्तिका शिशु सदनका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लैङ्गिक विभेद र यौन हिंसाका विषयमा जानकारी दिँदै अधिवक्ता देवी निरौला ।
प्रगति आवसीय माविमा आयोजित बाल दिवस कार्यक्रममा बालबालिकासँग समूहिक तस्वीर लिँदै शिक्षकहरु ।