ज्येष्ठ नागरिक मिलन समाजको तेस्रो अधिवेशन सम्पन्न « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

ज्येष्ठ नागरिक मिलन समाजको तेस्रो अधिवेशन सम्पन्न


यलम्वर टाइम्स
३१ भाद्र २०७५, आईतवार १२:०२

अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले तेस्रो अधिवेशन सम्पन्न गरेको छ ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले जेष्ठ नागरिकहरुको भरोसा र आर्शिवादलाई शिरमा राखी नगरबासी जनतालाई केन्द्रमा राखेर अगाडि बढेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले अर्जुनधारालाई महाभारत इतिहासकालको झझल्को आउने गरी आफूले काम गर्ने खोजेको बताउँदै नगर केन्द्र शनिश्चरे बजारलाई मनमोहक स्थल बनाउन योजना अघि सारिसकेको बताए ।

श्रोत, साधनलाई इमान्दारितापूर्वक परिचालन गरी नगर क्षेत्र सुन्दर बनाउन उनले आग्रह समेत गरेँ ।

कार्यक्रममा झापा जिल्ला ज्येष्ठ नागरिक समाजका उपाध्यक्ष हरि ओलीले समाज गैर नाफामुलक र गैर राजनीतकि हुनुपर्नेमा आग्रह गरेका थिए ।

संस्थाका सचिव विष्णु कुमार शर्मा भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा आ.ब. २०७४।०७५ को आय तर्फ ५ लाख ९४ हजार ८ सय ८० रुपैयाँ र व्यय तर्फ १ लाख ४४ हजार १ सय ६० रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष महेश ढकालले प्रस्तुत गरेका थिए ।

समाजका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष लक्ष्मी इङनामले गरेका थिए ।