बिरिङमा झोलुङ्गे पुल बन्ने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

बिरिङमा झोलुङ्गे पुल बन्ने


यलम्वर टाइम्स
१३ माघ २०७५, आईतवार ०५:५५

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्वर ५ र ७ देखि मदनपुर जोडने विरीङ खोलामा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ ।

सो पुलको एक कार्यक्रमका बीच संघीय सांसद एवम् अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा खरेलले शिलान्यास गरेकी थिइन् ।

शिलान्यास कार्यक्रमपछि बोल्दै प्रमुख अतिथि खरेलले बर्षायाममा स्थानीय बासीले पुल नभएकै कारण ३ किलोमिटर घुमाउरो आवतजावत गर्नुपर्ने बाध्यता रहेको बताइन् ।

उनले दोहोरो आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले पुल निर्माणको योजना ल्याइएको बताइन् । खरेलले योजना पार्नेको लागि धेरै कठिनाइ भएपनि सफल भएको भन्र्दै मजबुत र परिपक्क पुल बनाउन निर्देशन समेत दिइन् ।

अर्जुनधारा नगरपालिका नगर प्रमुख हरिकुमार रानाले नगरबासीको हरेक समस्यालाई मसिनो गरी आफूले बुझेँको हुनाले असहजतालाई सहजता बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

स्थानीय समाजसेवी केदार पराजुलीको विशेष पहलमा ल्याइएको पुल निर्माण योजनामा १ करोड १० लाख रुपैयाँको लागत अनुमान गरिएको सो पुलको लम्बाइ १ सय ६२ मिटर रहने छ ।

वडा अध्यक्ष ध्यानबहादुर भारतीको अध्यक्षमा सम्पन्न कार्यक्रममा वडा सदस्य खड्क चौहान, सर्सपेन पुलचोक कार्यालयका उपेन्द्र देवकोटा लगायतले आ–आफ्नो विचार राखेका थिए ।

पुल निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने सम्झौता भएको निर्माण व्यवसायी युवराज डाँगीले जानकारी दिएका छन् ।

एकपटकमा ३ सय ५० भन्दा बढीको जनभार क्षमता भएको मोटरसाइकल पनि चल्न सक्ने पुल निर्माण गरिने डाँगीले बताए ।