सरस्वती पूजाको अवसरमा वीरता जेसीजले दियो विद्यार्थीलाई शैक्षिक सामग्री « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

सरस्वती पूजाको अवसरमा वीरता जेसीजले दियो विद्यार्थीलाई शैक्षिक सामग्री


यलम्वर टाइम्स
२७ माघ २०७५, आईतवार ०९:२५

बैसावाडी । सरस्वती पूजाको अवसर पारेर वीरता जेसीजले अर्जुनधारा–५ स्थित नवज्योती प्राथमिक विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

शिक्षाको ज्योतीबाट कोही पनि नछुटुन भन्ने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको वीरता जेसीजका अध्यक्ष विशाल थापाले बताए ।

अध्यक्ष थापाले जेसीज समाजकै उपज भएको बताउँदै सामाजिक दायित्व अन्तर्गत शैक्षिक, खेलकुद सामग्री वितरण गरि पठनपाठनमा सहयोग पुर्याउनु जेसीजको कर्तव्य भएको बताए ।

‘बालबालिका देशका भविष्य हुन्’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने, ‘अधिराज्यभरका बालबालिका शिक्षित भए मुलुक स्वतः विकासको गतिमा अगाडि बढ्ने छ ।’ उनले आगमी दिनमा पनि विद्यालयलाई सहयोग प्रदान गर्दै जाने बताए ।

कार्यक्रममा प्रमुख अतिथि जग्गादाता चन्द्रमाया थापाले पढ्न र लेख्न पाउने अधिकारबाट कुनै पनि बालबालिका बञ्चित हुन नहुने बताइन् ।

अध्यक्ष थापाको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व राष्ट्रिय उपाध्यक्ष राजेन्द्र चम्लगाई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रम संयोजक योगेश भट्टराईले स्वागत गरेको कार्यक्रममा आस्था वाचन उपाध्यक्ष पुष्कर बरालले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चन्द्रमाया थापा, निवर्तमान अध्यक्ष गिरी, पूर्व राष्ट्रिय उपाध्यक्ष चम्लगाई र अध्यक्ष थापाले संयुक्त रुपमा शैक्षिक सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा जेसीजले महाप्रसाद पनि वितरण गरेको कानूनी सल्लाहकार दिवाकर प्रसाईले जानकारी दिए ।