स्व. धर्मलाल लिङ्देनलाई अन्तिम श्रद्धाञ्जली « Yalambar Times
५ आश्विन २०८१, शनिबार

स्व. धर्मलाल लिङ्देनलाई अन्तिम श्रद्धाञ्जली


यलम्वर टाइम्स
१९ जेष्ठ २०७६, आईतवार ११:१५

खुदुनाबारी । राष्ट्रिय जनमुक्ति पार्टी संघीय महासभा सदस्य धर्मलाल लिङ्देनलाई पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका छन् ।

स्व लिङ्देनलाई पार्टी संघीय महासभा सदस्य लक्ष्मी इङ्नाम र प्रदेश उपाध्यक्ष केन्द्र लिङ्देनले संयुक्त रुपमा झण्डा ओडाएका थिए ।

पार्टी जिल्ला सचिव पदम लिम्बूले सञ्चालन गरेको कार्यक्रममा पार्टी केन्द्रिय उपाध्यक्ष मीना पन्धाक, जिल्ला अध्यक्ष पर्शुराम मगर, राज खम्बू, दिलीप राई, भूपाल राना मगर, विद्यार्थी मोर्चा पूर्व कोषाध्यक्ष चन्द्र राना लगायत सयौंको उपस्थिति थियो ।

यसरी नै अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले स्व. लिङ्देनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रमुख रानासँगै उपप्रमुख कमला आचार्य, प्रशासकीय प्रमुख पंकज भुर्तेल, वडाध्यक्षहरु जीवनकुमार भण्डारी, रघुनाथ खनाल, लोकनाथ गौतम, नविन ढुंगाना लगायत उपस्थित थिए ।

सामाजिक योद्धाको रुपमा परिचित लिङ्देनलाई सयौंले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व. लिङ्देनकी तीन श्रीमती मध्ये जेठी जमुनादेवीको यस अघि नै निधन भएको र माईली सुकमाया र कान्छी बुद्धरानी छन् ।

अर्जुनधारा–३ खुदुनाबारीमा बस्दै आएका स्व. धर्मलालका हर्कध्वज/देवीमाया, खगेन्द्र/मीना, देवेन्द्र/सुमित्रा गरी तीन छोराबुहारी छन् ।

यसरी नै पद्मा/राम, सावित्रा/बसन्त लावती, तारा/मुक्तिआङ साँवा, भिमकुमारी/लोकबहादुर ताङसुङहाङ, शान्ता/भरत आले मगर, रोहिता/मान तबेबुङ गरी छ छेरी छन् ।

जेठी छोरी ज्योती र माइला छोरा चन्द्रबहादुर भने यस अघि नै स्वगारोहण भइसकेका छन् ।

स्व. धर्मलालका ८ नाति, ६ नातिनी रहेका छन् । उनको आज आईतबार किरात धर्म संस्कार अनुसार सुखानीमा दाहसंस्कार गरिएको छ ।