वडा नं. ५ लाई ५ कठ्ठा ४ धुर « Yalambar Times
५ आश्विन २०८१, शनिबार

वडा नं. ५ लाई ५ कठ्ठा ४ धुर


यलम्वर टाइम्स
४ असार २०७६, बुधबार ०५:१७

बैशाबारी । अर्जुनधारा नगरपालिका वडा नं. ५ को कार्यालय निर्माणका लागि स्थानीय सापकोटा परिवारबाट ५ कठ्ठा ४ धुर जग्गा प्रदान गर्ने निर्णय गरेका छन् ।

बैशाबारीको कटहरडाँडामा कान्छा छोरा कञ्चन सापकोटाले आमा विष्णुकुमारी सापकोटाको बकसबाट ५ कठ्ठा ४ धुर जग्गा दिने निर्णय भएको वडाध्यक्ष ध्यानबहादुर भारतीले जानकारी दिए ।

न्यायीक समिति अर्जुनधारामा भएको छलफलपछि सापकोटा परिवारबाट ५० लाख मूल्य बराबरको ५ कठ्ठा ४ धुर जग्गा दिने भएका हुन् ।

छलफल नगरपालिका, सापकोटा परिवारबीच २ गते सोमबार भएको थियो ।