मजदुर नेता अशोकलाई पितृ शोक « Yalambar Times
५ आश्विन २०८१, शनिबार

मजदुर नेता अशोकलाई पितृ शोक


यलम्वर टाइम्स
८ श्रावण २०७६, बुधबार ०८:००

अर्जुनधारा । नेपाली कांग्रेस सम्बद्ध मजदुर संगठन काउनका अर्जुनधाराका अध्यक्ष अशोक राईलाई पितृ शोक परेको छ ।

अर्जुनधारा–७ पाराखोपी निजी निवासमा अध्यक्ष राईका पिता गणेशमान राईको ८५ वर्षको उमेरमा निधन भएको हो । गणेशमान विगत ६ वर्षदेखि दिमागमा असर परेपछि उपचार गर्दै घरैमा बसेका थिए ।

बिहानपख करेसाबारीमा हिंड्दै गर्दा लड्न पुगेपछि उनको निधन भएको परिवारले जनाएको छ ।

गणेशमानका ४ भाई छोरा र ५ बहिनी छोरी छिन् । जेठा डिकबहादुर, माइला छविलाल, साईला कमल र कान्छा अध्यक्ष अशोक राई हुन् ।

अशोक अर्जुनधाराका मजदुर नेतामात्र होइनन्, सामाजिक अभियान्ता पनि हुन् । उनी किरात राई यायोक्खाको सम्मानित व्यक्तिको रुपमा परिचित छन् ।

कसैलाई कष्ट आइपरे ठूलो छाती बनाएर सहयोग गर्ने अशोक हाक्की स्वाभावका सामाजिक चिन्तन राख्ने व्यक्तिको रुपमा परिचित छन् ।

लामो समय काठमाण्डौं बसेर गाउँमा सेवा गर्न भनी आएका अशोक घर पेन्टिङ सम्बन्धि काम गर्दै आएका असल मजदुर पनि हुन् ।

उनका स्व. पिता गणेशमानको किरात संस्कार अनुसार अर्जुनधाराको सालबारीमा दाहसंस्कार गरिएको छ ।

दाहसंस्कारमा विभिन्न संघसंस्था तथा नेता गणहरुले श्रद्धाञ्जली दिएका थिए ।