याङशिलामा सम्पन्न राष्ट्रिय सेवा सुरक्षा दलमा स्वस्तिका शिशु अग्रस्थान « Yalambar Times
५ आश्विन २०८१, शनिबार

याङशिलामा सम्पन्न राष्ट्रिय सेवा सुरक्षा दलमा स्वस्तिका शिशु अग्रस्थान


यलम्वर टाइम्स
७ माघ २०७६, मंगलवार १२:०९

अर्जुनधारा । अर्जुनधारा–८ मा रहेको स्वस्तिका शिशु सदनले एनसीसीमा (राष्ट्रिय सेवा दल) मा आवद्ध सफल विद्यार्थीहरुलाई मंगलबार प्रमाणपत्र वितरण गर्दै शुभकामना दिएको छ ।

विद्यालय परिषरमा एनसीसीमा आवद्ध अभिभावकहरुको उपस्थितिमा विद्यालयका फाउण्डर ईश्वरा श्रेष्ठले प्रमाणपत्र दिँदै समाजमा गुण उपयोगी भएर संस्थाको गरिमा उच्च राख्न अनुरोध गरिन् ।

अर्जुनधारा नगरमा पहिलो पटक सहभागि हुन सफल स्वस्तिका शिशु सदनले राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थीको मोरङको याङशिलामा सम्पन्न ४६ औं व्याच तालिम अन्तर्गत कार्यक्रममा प्रदेश नं. १, २ र ३ मध्ये स्वस्तिकाबाट सहभागि विद्यार्थीहरु सांस्कृतिक आदानप्रदान कार्यक्रममा प्रथम भएका छन् ।

सहभागिका अभिभावक चन्द्र राना मगरका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने अञ्जली साहु, गोपाल राजवंशी र स्मारिका राना मगर वेष्ट ट्यालेन्टबाट पुरस्कृत भएका छन् ।

विद्यालयबाट तालिममा सहभागि मध्ये सन्देश कार्कीले प्लाटुन जुनियर कमाण्डर अफिसर र तीन जना हवल्दार दर्जा, ३ जनाले नायक दर्जा, ६ जनाले लेसनायक र २३ जनाले एनसीसी क्याटेड दर्जा प्राप्त गरेका थिए ।