अर्जुनधारा नगरपालिकाले २८ सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गर्ने « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधारा नगरपालिकाले २८ सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गर्ने


यलम्वर टाइम्स
१४ माघ २०७६, मंगलवार ०७:२८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बिपन्न समुदायका विद्यार्थीहरुलाई स्वेटर, टोपी तथा सिरक वितरण गर्ने भएको छ ।

नगरपालिकाले नगर क्षेत्रका २८ सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीलाई सहयोग स्वरुप स्वेटर, टोपी तथा सिरक वितरण गर्ने निर्णय गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तोयानाथ रेग्मीले जानकारी दिए ।

नगरका ११ वटै वडामा वडाध्यक्षको समन्वयमा सामाग्री वितरण गर्ने बताइएको छ । २ सय थान सिरक, ८ सय थान स्वेटर, ८ सय थान टोपी वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङ र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तोयानाथ रेग्मीलाई संयुक्त रुपमा हस्तानतरण गर्दै कार्यक्रमको थालनी गरेका थिए ।

मंगलबार (आज)बाट सामाग्री वितरण गरिने नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।

नगरप्रमुख रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलले गरेका थिए ।