शनिश्चरे खानेपानीको २५ औं साधारणसभा सम्पन्न « Yalambar Times
५ आश्विन २०८१, शनिबार

शनिश्चरे खानेपानीको २५ औं साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२० माघ २०७६, सोमबार ०६:५७

अर्जुनधारा । खानेपानी तथा सरसफाई उपभोक्ता समिति अर्जुनधारा–८ को २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आईतबार खानेपानी परिषरमा आयोजित साधारणसभामा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो भने संस्थाका सल्लाहाकार समितिका सदस्य वीरमणी ढकालको विशेष आतिथ्य रहेको थियो ।

संस्थाका अध्यक्ष शंकर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष केदारमणी ढकाल पनि विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थापना कालदेखि काम गरेर संस्थामा योगदान पुर्याएको भन्दै संस्थाका निर्वतमान अध्यक्ष छत्रमणि ढकाल र निर्वतमान उपाध्यक्ष पदमलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष कुसुम राईले स्वागत गरेको कार्यएक्रमको सञ्चालन संस्थाका सचिव किरण शिवाकोटीले गरेका थिए ।