कोरोना कहरको दोस्रो लहरले नेपाली जनतालाई मात्र होइन विश्वलाई नै आक्रान्त बनाएको छ । यसको रोकथाम भनेकै सचेत रहनु हो । यसलाई भित्र्याउन र रोकथाम गर्न मानव जातिकै दायित्वमा पर्छ । विश्व स्वास्थ्य संगठनले दूरी कायम गर्नु, अनिवार्य मास्क लगाउन, बाहिरबाट आएकाहरुले पीसीआर परीक्षण गर्नु र घरमै बस्नु भन्ने सन्देश दिँदादिँदै पनि जबरजस्ती बाहिर निस्किए, भिडभाडमा गए त्यसलाई कोरोना संक्रमणले छुने गर्छ । आजको बदलिदो परिस्थितिमा मास्क बेगर हिंड्ने रमाउने जस्ता कार्य गरिरहेको बेला कोरोनाले पनि सँगसँगै छुदै आएको छ ।
दोस्रो लहरको कोरोना विशेष गरि वयस्क र बालकलाई छोएको हुँदा यसलाई भित्र्याउने या भित्र पस्न नदिने गतिविधि मानव जातिले नै गर्ने भएको हुँदा गम्भीर रुपमा सजक भएर अगाडि बढ्न बाहेक अर्को विकल्प देखिन्न । नेपाल सरकारले भन्दै आएको छ, विवाह, पूजापाठ, समूहगत भेटघाटबाट टाढै रहन र स्थानीय सरकारले भन्दै छ, मास्क र दूरी कायम गरेर बस्न यतिभन्दा पनि हामी आफैले अटेर गरेमा मृत्यु शैयामा पुग्न बाहेक अर्का विकल्प देखिन्न । अझ यो भाइरस समुदायमा छिर्ने प्रयासमा लम्की रहेका छ । समुदायमा छिर्ने बित्तिकै बस्ती नै सखाप पारेका प्रशस्त उदाहरण छन् । यसैले पनि सचेत रहन जरुरी छ ।
सर्वसाधारण बसोबास गरेको ठाउँ नै गाउँबस्ती हो । गाउँबस्तीका नागरिकले यस्ता रोगबाट बच्नका लागि अपरिचित मान्छेसँग टाढै रहनुपर्छ । बाहिरबाट आएका आफन्त या छिमेकी भए सचेत रहनुपर्छ । घरका बालबच्चा जो कोहीलाई अन्य ठाउँ जान र खेल्नबाट रोक्नुपर्छ । सामान्य घर गाउँले औषधी प्रयोग गरि स्वास्थ्य रहन सक्नुपर्छ । हावाबाट सर्ने भएको हुँदा साँझ बिहान वाफ लिएर बस्न सके यस्तो महामारीबाट बच्न सकिने भएको हुँदा त्यसतर्फ ख्याल गर्न जरुरी छ । सबैमा चेतना भया ।