समय, परिस्थितिमा गरिने कार्यले पछिल्लो दिनलाई सम्मान या प्रश्न गर्दो रहेछ । त्यो दिन जो कोही राजनीतिकबाट राज सिंहासनमा पुग्छ र तिनले आफ्नो कार्यकालभरि गरेका कार्यले समाजमा गुनगुनाउने परिपार्टी बन्दो रहेछ । हिजोआज स्थानीय सरकार त्यही परिस्थितिमा उभिन पुग्दैछ । उनी स्थानीयको बागडोर समाउनु अघि उनले जनतामाझ छरेका शब्दहरु अहिले बटुलिदैछ । कतै न कतै स्थानीय सरकारको समिक्षा नगरको दिन पाइन्न । कसैले विकासका विषयमा उल्लेख गर्यो भने त्यहाँ हजारौं शब्दहरु बर्सिने गर्छ । त्यसैले होला बुढापाका भन्छन्, ‘गर्न सक्ने मात्र बोल्नु, नत्र पछि अपमानित भइएला !’
संविधान पनि कार्यान्वय भयो । त्यही कार्यान्वयभित्र जनप्रतिनिधिहरु आए । तर, आइसकेपछि के–के काम भए ? कसलाई बढी रुझाइयो ? समान दृष्टिकोणबाट विकासका काम गरियो कि गरिएन ? कसै–कसै ठाउँमा बोलिएका शब्द पूरा भएकी भएनन् ? यी सबै समिक्षाका दिनहरु बन्दै आएका छन् । स्थानीय सरकार बनेपछि विकासका कामहरु क्रमागत अगाडि बढ्दै गरेको अवश्य हो । त्यसलाई स्थायीत्व र पूर्णता प्रदान गर्न कतिको भूमिका खेलियो ? यी सबै नैतिकताका कुरामा उभिएका छन् ।
समय परिस्थितिले हरेक कुराको प्रगति अवश्य गराउँछ । मादक पदार्थ खाएर लठ्ठ परेका मेचीनगरका वडाध्यक्षले पनि आफ्नो वडालाई सुन्दरता प्रदान गरेकै छन् । मादक पदार्थ नपिएर पनि विकासका काम नगरेका वडाध्यक्षहरु पनि त्यतिकै छन् । त्यसैले पनि ४ वर्षको समयावधिमा कति काम प्रस्ट गर्न सकियो या अपूरा रहे ? यी सबैको रेखदेख र आत्मा समिक्षा गर्न सकिएन भने बाँकी दिनहरु बाधक हुन बाहेक अर्को हुन सक्दैन । विकास चित्त बुझाउने शब्द होइन । विकास निरन्तरता र परिणामबाट प्राप्त हुने सन्तुष्टि हो । त्यसैले आम भावनालाई सम्मान गर्दै निरन्तरता र परिणाममुखि कार्यमा अगाडि बढियो कि बढिएन । त्यसैले नैतिकताको प्रश्न उब्जिदा चित्त दुखाउनुपर्छ जस्तो लाग्दैन । समिक्षा हुन जरुरी छ ।