सफल व्यवसायी मल्ल रहेनन् « Yalambar Times
५ आश्विन २०८१, शनिबार

सफल व्यवसायी मल्ल रहेनन्


यलम्वर टाइम्स
२५ श्रावण २०७८, सोमबार ११:४९

बिर्तामोड । सामाजिक व्यक्तित्व, व्यवसायी एवम् बिर्तामोडका पुराना बासिन्दा दिनेश मल्लको ७७ वर्षको उमेरमा आईतबार राति १० बजे निधन भएको छ ।

झापा जिल्लामै पहिलो गाई फार्म र कुखुरा फार्म खोल्ने बिर्तामोड ४ निवासी मल्ल बिर्तामोडमा धान मिल, बरफ फ्याक्ट्री सञ्चालन गरेका थिए ।

उनी बिर्तामोडमा बसेर व्यवसाय सञ्चालन गर्ने पहिलो व्यक्ति हुन् भन्दा अतियुक्ति नहोला ।

लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेका मल्ल लिटल फ्लावर्स इङलिस स्कूलका पनि संस्थापक सदस्य हुन् ।

त्यस्तै उनी पासा मुनः पुचःका संस्थापक भएर विश्व आदिवासी दिवसमा नेवार सम्प्रदायको लाखे नाचको सुरुवात गरि बिर्तामोडवासीका पहिचान पनि दिलाएका हुन् ।

उनकै पालामा बिर्तामोडलाई पासा मुनः पुचः दरबिलो बनाउन र सचेतना जगाउन अह्म भूमिका खेलेका थिए । जिल्लामा उनको अस्तित्व सफल उद्योगपतिको रुपमा रहेको छ ।

उनका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुदेश मल्ल बैंकमा कार्यरत छन् भने कान्छा छोरा सन्देश अबकास स्कूलका सञ्चालक हुन् ।