मास्क प्रयोग गर्न र खोप लगाउन नछुट्नुहोस्ः नगर प्रमुख राना « Yalambar Times
५ आश्विन २०८१, शनिबार

मास्क प्रयोग गर्न र खोप लगाउन नछुट्नुहोस्ः नगर प्रमुख राना


यलम्वर टाइम्स
२५ श्रावण २०७८, सोमबार १२:१३

अर्जुनधारा । कोरोना संक्रमणले त्रासित बनाइरहेको बेला आज शनिश्चरे बजारको चोकमा तपाईको माक्स खै ! भन्ने अभियान अन्तर्गत सर्वसाधारणलाई मास्क वितरण गरिएको छ ।

नगर प्रमुख हरिकुमार रानाले ७० पार गरेका वृद्धहरुलाई बोलाई बोलाई मास्क लगाईदिएपछि उक्त अभियान सुरु भएको थियो ।

प्रहरी चौकी शनिश्चरे र शनिश्चरे ट्राफिकको पहलमा साझेदारी कार्यक्रम अन्तर्गत शनिश्चरे बजारमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

लकडाउनका कारण शनिश्चरे बजार शून्य नै थियो । तर, कोहि औषधी उपचार गर्न अस्पताल जाँदै गरेका, कोहि मजदुरी पेसामा हिंड्दै गरेकाहरुलाई नगर प्रमुख रानाले कोरोनाबाट बच्ने र वडा–वडामा भ्याक्सिन आएको जानकारी गराउँदै नछुट्न अनुरोध गरे ।

उनले खोप लगाएको मानिस पोजिटिभ देखिए निको हुने भएको हुँदा वडासँग समन्वय गरेर नछुट्न अनुरोध गरे ।