खेलकुद विकासमा प्रसाई र प्रधान « Yalambar Times
५ आश्विन २०८१, शनिबार

खेलकुद विकासमा प्रसाई र प्रधान


यलम्वर टाइम्स
६ कार्तिक २०७८, शनिबार ०३:२७

बिर्तामोड । प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र प्रसाईंलाई नियुक्त गरेको छ ।

बोर्डले झापासहित प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा तुलसा प्रधान उप्रेतीलाई नियुक्त गरेको छ ।

मेचीनगर ७ का प्रसाईं नेकपा एमाले झापा सदस्य हुन् भने अर्जुनधारा ८ निवासी प्रधान श्रद्धा सहकारीका व्यवस्थापक हुन् भने एमाले कार्यकता हुन् ।

सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको नेतृत्वमा बसेको प्रदेशको खेलकुद विकास बोर्डले प्रदेशका १४ जिल्लामा नेतृत्व चयन गरेको हो ।

जिल्ला समितिहरु लामो समयदेखि रिक्त रहेका थिए । अब केही समयमै जिल्ला समितिलाई पूर्णता दिइने बताइएको छ ।