अर्जुनधारा जेसीजको नेतृत्वमा कुँवर « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधारा जेसीजको नेतृत्वमा कुँवर


यलम्वर टाइम्स
१० माघ २०७८, सोमबार ०७:५९

अर्जुनधारा । अर्जुनधारा जेसीजको सन् २०२२ को अध्यक्ष पदमा भीमबहादुर कुँवर (राजु) सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षका प्रत्यासी रोवक थापाले मनोनयन फिर्ता लिन सहमत भएपछि उनी सर्वसम्मत भएका हुन् । यसैगरी, अन्य पदमा पनि सर्वसम्मत भएको छ ।

यसअघि दुई कार्यकारी उपाध्यक्ष पदमा चार जनाले उम्मेद्वारी दिएका थिए । कार्यकारी उपाध्यक्ष पदका लागि निशा तामाङ, प्रेम खड्का, बालगोपाल गौतम र बिमला भट्टराईको उम्मेद्वारी परे पनि सहमतिको अन्तिम प्रयासबाट पहिलोपल्ट महिलासहित कार्यकारी उपाध्यक्षको टुंगो लगाइएको हो ।

जसअनुसार जेसीज स्थापना भएको दशकपछि पहिलो पटक महिलाकोतर्फबाट विमला भट्टराई कार्यकारी उपाध्यक्षमा चयन भएकी छन् ।

अर्का प्रत्यासी निशा तामाङले छाडेपछि भट्टराईलाई कार्यकारी उपाध्यक्ष बन्ने बाटो खुलेको थियो ।

यसैगरी, अर्का कार्यकारी उपाध्यक्षमा प्रेमकुमार खड्का चयन भए । प्रत्यासी बालगोपाल गौतमले मार्ग प्रशस्त गरिदिएपछि खड्का निर्विरोध भएका हुन् ।

अन्य चार उपाध्यक्ष पदमा पनि सर्वसम्मत चयन भएको छ । उपाध्यक्ष पदका प्रत्यासी भक्तबहादुर गोदारले फिर्ता लिएपछि सहमति जुटेको हो ।

जसमा प्रजित थापा, प्रदिप लिम्बू, निता संग्रौला र केशव थापा उपाध्यक्षमा निर्विरोध भएका छन् ।

नवनिर्वाचित अध्यक्ष कुँवरले आज नै महासचिवमा वरुणकुमार माझीलाई मनोनित गरेका छन् ।

यसैगरी, कोषाध्यक्षमा बालगोपाल गौतम, सहकोषाध्यक्षमा भक्तबहादुर गोदार, सचिवमा सोना गेलाल, सहसचिवमा विशाल भण्डारीलाई अध्यक्ष कुँवरले मनोनित गरे ।

यसैगरी, कानुनी सल्लाहकारमा वसन्त बुढाथोकी चयन भएका छन् । यस्तै, प्रकरण निर्देशकमा दिपेश पनेरु, पिआरओमा वेदनारायण गोदार, तालिम संयोजकमा भवानी बराल, रक्तदान संयोजकमा परिक्षण ढकाल र बाल संयोजकमा दिप्जल राईलाई पनि मनोनित गरिएको छ ।

निर्विरोध चयन भएका पदाधिकारीको घोषणा सभामा संस्थापक अध्यक्ष इन्दिवर खड्का, पूर्वअध्यक्षहरु शार्दूल ओली, टिआर गौतम, प्रल्हाद ढुंगाना, अजयकुमार देव, अध्यक्ष पदका प्रत्यासी रोवक थापा, सन् २०२१ का अध्यक्ष जीवन खनाललगायतले शुभकामना दिएका थिए ।

जेसीजको १०औँ अधिवेशनबाट निर्विरोधरुपमा निर्वाचित सन् २०२२ का अध्यक्षलगायत पदाधिकारीहरुको पद हस्तान्तरण आउँदो माघ १७ गते गर्ने निर्णय भएको कार्यकारी उपाध्यक्ष प्रेमकुमार खड्काले जानकारी दिए ।