लागूऔषधसहित दुइ प्रहरी नियन्त्रणमा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

लागूऔषधसहित दुइ प्रहरी नियन्त्रणमा


यलम्वर टाइम्स
२० माघ २०७८, बिहीबार ०९:०३

बिर्तामोड, माघ २०। झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार साँझ ६ बजे प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड–५ का १८ बर्षीय अर्वाज खानलाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम सहित नियन्त्रणमा लिएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।