समाज सुधारमा धर्मको ठूलो हातः प्रमुख गोम्देन « Yalambar Times
५ आश्विन २०८१, शनिबार

समाज सुधारमा धर्मको ठूलो हातः प्रमुख गोम्देन


यलम्वर टाइम्स
१९ असार २०७९, आईतवार ०४:४९

अर्जुनधारा । अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनले समाज रुपान्तरण तथा सुधारमा धर्मको ठूलो योगदान रहने बताएका छन् ।

किरात धर्म तथा साहित्य उत्थान संघ अर्जुनधाराले नगर प्रमुख गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीलाई सम्मान गर्ने क्रममा प्रमुख गोम्देनले उक्त कुरा बताएका हुन् ।

अर्जुनधारा सुशासनको अग्रगतिमा दौडदै गर्दा व्यविचारले गरेको हर्कतबाट पुरस्कृत हुनबाट बञ्चित भएको बिगतको स्मरण गराउँदै सबै धर्मका धर्मावलम्बीहरु सकारात्मक सन्देश छर्न सक्षम भएको हुँदा समाज धर्मबाटै रुपान्तरण गर्न सकिने बताए ।

नगर प्रमुख गोम्देनले अर्जुनधारा सबै धर्म, सम्प्रदायका जातजाति मिलेर बसेको पालिका हो । यस नगरलाई अगाडि बढाउन किरात धर्मको पनि उत्तिकै योगदान रहने हुँदा सरसल्लाह र सहयोगको अपेक्षा रहेको बताए । उनले नगरको अवस्थालाई हेरेर सहयोग गर्ने पनि वचन दिए ।

यसरी नै उपप्रमुख खड्गमाया पराजुलीले जनप्रतिनिधिहरुलाई कार्यालयमै आएर सम्मान गरिदिएकोमा किरात धर्मावलम्बी धन्यवाद दिदै समृद्ध नगर निर्माणमा सहयोग गर्न अनुरोध गरिन् ।

सम्मान कार्यक्रममा नगर प्रमुख गोम्देनलाई धर्मका अध्यक्ष लक्ष्मी इङ्नाम, उपप्रमुख पराजुलीलाई धर्मका सचिव मोहन सुब्बाले सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई इङ्नामको पनि उपस्थिति रहेको थियो ।

किरात धर्मका सदस्य खगेन्द्र इङ्नामले सञ्चालन गरेको कार्यक्रममा किरात धर्मका हर्क लिङ्देन, लक्ष्मी कन्दङवा, सञ्चरानी इङ्नाम, सर्मिला सुब्बा, खगेन्द्र योङहाङ, महेन्द्र आङदाम्बे लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार नै वडा नं. १ का उपेन्द्रकुमार बस्नेत, वडा सदस्यहरु दिनेशकुमार घिमिरे, मुना खत्री, मदनकुमार लिमेल र इन्द्रकुमारी विश्वकर्मालाई सम्मान गरेको छ भने वडा नं. २ का अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, सदस्य प्रेमबहादुर उपरकोटी, सर्मिला सुब्बा, बलबहादुर समाल, विमला रोक्कालाई सम्मान गरेका छन् ।

यसरी नै वडा नं. ३ का अध्यक्ष सीताराम भट्टराई, वडा सदस्यहरु नारायणप्रसाद चापागाई, चन्द्रमाया तामाङ, सीतादेवी सार्की र सुमन कुमारी राई, वडा नं. ४ का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, वडासदस्यहरु जीतबहादुर लिम्बू, अमृतबहादुर बुढाथोकी, कोपिला थापा, सीतादेवी विश्वकर्मालाई सम्मान गरेको छ । त्यस्तै वडा नं. ५ का अध्यक्ष गीताराज खड्का, सदस्यहरु चन्द्रकुमारी तामाङ, विष्णुप्रसाद कँडेल, लक्ष्मीप्रसाद खनाल र रीता नेपालीलाई सम्मान गरिएको थियो ।

त्यस्तै वडा नं. ६ का अध्यक्ष हरिशचन्द्र बास्तोला, सदस्यहरु टुम्मनाथ काफ्ले, रमा निरौला, कल्पना विश्वकर्मा, भिम राई, वडा नं. ७ मा अध्यक्ष गोविन्दप्रसाद खतिवडा, सदस्यहरु देवकुमार राई, हरिबहादुर कटुवाल, पार्वतादेवी न्यौपाने, जानुका विश्वकर्मा, वडा नं. ८ का अध्यक्ष कुमारप्रसाद उप्रेती, सदस्यहरु मनोजकुमार रैका मगर, ऋषिप्रसाद घिमिरे, सरु बुढाथोकी, सिर्जना रसाईलीलाई सम्मान गरेको थियो ।

त्यस्तै वडा नं. ९ का अध्यक्ष भिष्म मिश्र, सदस्यहरु खड्गमाया पौड्याली, गौरीमाया चिमरिया, बुद्धिमान लिम्बू, केशव थापालाई सम्मान गरिएको थियो भने वडा नं. १० का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, डम्बरप्रसाद धौराली, तुलसा विष्ट, रुपेश लिम्बू, सीता परियारलाई सम्मान गरिएको थियो ।

यसरी नै वडा नं. ११ का अध्यक्ष खगेन्द्र इङ्नाम, सदस्यहरु पूर्णबहादुर राई, सुशिला गिरी, केशव अधिकारी र सीता कँडेललाई वडा कार्यालयमै पुगेर सम्मान गरेका थिए ।

सम्मानपछि वडा नं. ११ का वडाध्यक्ष इङ्नामले वडामै आएर किरात धर्म समितिले गरेको सम्मान प्रशंसनीय भएको बताउँदै नगर र वडाबाट हुन सक्ने सहयोग प्रदान गरिने प्रतिक्रिया दिए ।