चुरे कमजोर भयो भने त्यसले गर्ने विनास अपत्यारिलो हुन्छ । त्यसैले चुरे क्षेत्रलाई बचाइराखे दुर्घटना न्यूनिकरण हुनमा दुइमत हुँदैन । वास्तवमा विकासका नाममा गरिने उत्खनन्ले तराई र चुरे आसपासका क्षेत्रमा ठूलो क्षति निश्चित छ । तसर्थ चुरे क्षेत्रलाई सबै क्षेत्रबाट संरक्षण गर्न सके विनास हुन सक्दैन थियो । हिजोआज चुरेकै कारण विनास भएको भू–गर्व विद्, वन संरक्षण महासंघ र आदिवासी जनजातिका अगुवाहरुले भन्दै आएका छन् ।
चुरे क्षेत्रमा वन जंगल बढाउनुमात्र संरक्षण हुने होइन, त्यसका आसपासमा उत्खनन् रोक्नु र उत्खनन् गर्न नदिनु संरक्षणमा पर्छ । त्यतिमात्र होइन चुरे क्षेत्रमा बसेका जनतालाई जनचेतना र जागरुक गराउन सके चुरे संरक्षण हुने थियो । तर, जनतालाई जनचेतना नदिनु, विकासका नाममा चुरे उत्खनन् हुँदा स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकार मौन हुनुले पनि चुरे क्षेत्र नासिदै गएको छ । आजआर्जनका नाममा मौनता साध्नुले पनि चुरे असुरक्षित हुनु हो ।
हाम्रो नेपाल धेरै मात्र चुरे क्षेत्र रहेको भुगोल हो । चुरे नासिदै गए जनता असुरक्षित हुने निश्चित त छ नै वर्षेनी भू–क्षयबाट हुने मृत्युदर बढ्नु, आसपासका नदी, तलाउहरु सुक्नु, वर्षा हुँदा बाढीको चाप ह्वात्तै बढेर विनास गर्नु जस्ता कार्यले मानवमाथिको पीडा वृद्धि हुँदै जाने देखिन्छ । मानवलाई मात्र होइन, पशुपंक्षी र वातावरणमा समेत असर पर्ने भएको हुँदा यसको संरक्षण र सम्वद्र्धनमा स्थानीय सरकार अन्तर्गत वडा कार्यालय र पालिकाले ध्यान दिन जरुरी देखिन्छ । त्यसलाई रोकथाम गर्न सकिएन भने क्षणिक फाइदाले ठूलो धनराशी र मानव क्षति निश्चित छ । त्यसतर्फ ध्यान दिऔं ।