हुनेले दिने नहुनेले लिने अभियान खुदुनाबारीमा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

हुनेले दिने नहुनेले लिने अभियान खुदुनाबारीमा


यलम्वर टाइम्स
२९ मंसिर २०७९, बिहीबार १०:५६

खुदुनाबारी । हुनेले दिने नहुनेले लिने भन्ने उद्देश्यका साथ युथ अफ खुदुनाबारीले निःशुल्क न्यानो कपडा वितरण केन्द्र सुरु गरेको छ ।

विहीबारबाट खुदुनाबारी चोकमा उक्त अभियान व्यानर राखेर सुरु गरिएको हो । अभियानमा हुनेले राम्रा कपडाहरु ल्याएर दिएका छन् भने नहुनेले आफूलाई इच्छा अनुसारको साइजको कपडा लिएर गएको पनि दिपक दुलालले बताएका छन् ।

दुइ दिन यता उक्त अभियानबाट ५० बढीले कपडा लगेका छन् भने ल्याइदिनेहरुले पनि आह्वान अनुसर ल्याइदिरहेका छन् ।

यसअघि शनिश्चरेमा पनि यस्तो अभियान सुरु भएको थियो । उक्त अभियानमा एक सय बढीले न्यानो कपडा बुझि लगेको इशान ढकालले यलम्वर टाइम्सलाई जानकारी दिए ।