थ्रेसर लगाउने क्रममा आगो लाग्दा धान र थ्रेसर जलेर नष्ट « Yalambar Times
५ आश्विन २०८१, शनिबार

थ्रेसर लगाउने क्रममा आगो लाग्दा धान र थ्रेसर जलेर नष्ट


यलम्वर टाइम्स
१० पुष २०७९, आईतवार १०:३४

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–६ डौवाबारीका नगेन्द्र ढकालको घर छेवैमा रहेको धानमा आगलागी भएको छ ।

धानमा थ्रेसर लगाउने क्रममा (आज) आइतबार बिहान करिब ११ बजे आगलागी भएको हो ।

ढकालको पौन दुई विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर पराल समेत जलेर नष्ट भएको छ ।

स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले जानकारी दिए ।

गौरादह, दमक, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोगमा करिव डेढ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।