समाज सेवा कल्याण सघंको १७ औं साधारणसभा सम्पन्न « Yalambar Times
५ आश्विन २०८१, शनिबार

समाज सेवा कल्याण सघंको १७ औं साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
१८ पुष २०७९, सोमबार ११:५२

रमाइलो बस्ती । अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडाले समाज सेवा कल्याण संघको १७ औं साधारणसभा उद्घाटन गर्दै संस्थाले चालेको कदमप्रति वडा नं. ७ सकारात्मक भएर सहयोग गर्ने बताएका छन् ।

सोमबार संघको कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष खतिवडाले आफू निर्वाचित भएर आइरहँदा समाज कल्याण संघको समस्याप्रति त्यति जानकार नभएको बताउँदै आउँदो बजेटमा संघको भवन निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सकारात्मक समाज रहे वडा हुँदै नगरको विकास र समृद्धिमा टेवा पुग्ने भएको हुँदा यस संस्थालाई आवश्यक सहयोग नगरबाट हुन सक्नेमा आफू लागि पर्ने बताए ।

विशेष अतिथि जुकेखाडी सामुदायिक वनका सदस्य टेकेन्द्र पौडेलले संघको माइन्युटसँगै आवश्यक मागपत्र समूहको कार्यालयमा पेश गरे सामुदायिक वनले अरु संस्थालाई सहयोग गरे जस्तै जुट्ने प्रतिवद्धता व्यक्त गरे ।

अर्का अतिथि सञ्चारकर्मी दिपीन राईले समाजको विकासमा समाजकै अगुवाहरु अगाडि नबढेसम्म समाज रुपान्तरणमा समस्या भएको हुनाले सबै एक भएर संघको उन्नतिमा जुट्नुपर्ने बताए ।

संघका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रेम पौडेलले गरेका थिए भने सभाले सदस्य निर्माणका लागि र समाजमा मृत्युवरण गरेका प्रति साङ्क्षेप उठाउने कार्यमा केही रकम बढाएर जाने निर्णय भएको सचिव प्रेम निरौलाले बताए ।

सभा आर्थिक प्रतिवेदन कमल निरौलाले वाचन गरेका थिए भने आर्थिक प्रतिवेदनलाई अझ प्रभावकारी बनाउन र भवनलाई पूर्णता दिन उपस्थित सदस्यहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा जग्गादाता बेदप्रकाश ढुंगाना, कृष्ण ओली, ८४ विगे पैनीका अध्यक्ष तारानिधि भट्टराई, पूर्व अध्यक्ष टीका ओली लगायतको आतिथ्य रहेको थियो ।