विश्व शान्तिका लागि देवकोटा चोकमा दीप प्रज्वलन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

विश्व शान्तिका लागि देवकोटा चोकमा दीप प्रज्वलन


यलम्वर टाइम्स
६ फाल्गुन २०७९, शनिबार १२:४१

अर्जुनधारा । विकाशानन्द फाउण्डेशन विश्व परिवारले प्रथम विश्व शान्ति दीप प्रज्वलन कार्यक्रम शनिश्चरे बजार स्थित देवकोटा चोकमा सम्पन्न गरेको छ ।

‘संसार बदल्नु छ, सुरुवात आफैबाट गरौं’ भन्ने मूल नाराका साथ दीप प्रज्वलन गर्दै विश्व शान्तिको कामना गरिएको फाउण्डेशनकी सदस्य रीना मगरले बताइन् । प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले दीप प्रज्वलन गर्दै कार्यक्रको शुभारम्भ गरेकी थिइन् ।

फाण्डेशनकी सदस्य मगरले टेक्नोलोजीको विकाससँगै मानिसमा बढेको दूरी र व्यस्त समयमा मानसिक तनाब बढ्ने हुँदा योग, ध्यानले मानसिकसँगै शारीरिक समस्याको समाधान हुने बताइन् ।

जनप्रतिनिधि सीतादेवी सार्की, राज खम्बू लगायतको आतिथ्य रहेको कार्यक्रममा फाण्डेशनकी सदस्य मगरले ध्यानले मानिसमा सकारात्मक सोचको विकास गर्ने हुँदा विश्व शान्ति र विश्व बन्धुत्वका महत्वपूर्ण भएको बताउँदै योग, ध्यान, उर्जा चिकित्सा, जीवन दर्शन आदिको माध्यमबाट मात्र मानवको शारीरिक, मानसिक, सामाजिक एवम् आध्यात्मिक उत्थान हुने सन्देश दिन दीप प्रज्वलन गरेको बताइन् ।