रेडक्रस उपशाखा खुदुनाबारीलाई एम्बुलेन्स « Yalambar Times
२० जेष्ठ २०८२, सोमबार

रेडक्रस उपशाखा खुदुनाबारीलाई एम्बुलेन्स


यलम्वर टाइम्स
८ चैत्र २०७९, बुधबार १२:४७

खुदुनाबारी । मानवीय सेवामा सक्रिय रहेको रेडक्रस सोसाइटी उपशाखा खुदुनाबारीलाई जिल्ला रेडक्रस सोसाइटीले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

आज बुधबार एक कार्यक्रमका बीच जिल्ला सभापति लोकराज ढकालले उपशाखाका सभापति मुकुन्द भण्डारीलाई चाबी हस्तान्तरण गरेका थिए ।

खुदुनाबारी क्षेत्रमा रहेर मानवीय सेवा अन्तर्गत बाढी, आगजनी र असहायहरुका लागि सेवा पुर्याउँदै उत्कृष्ट संस्थाको रुपमा रहेको हुँदा उक्त क्षेत्रलाई एम्बुलेन्स प्रदान गरिएको हो ।

सभापति भण्डारीका अनुसार रेडक्रस समितिमार्फत मानवीय सेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गरेका थिए भने चाबी हस्तान्तरण गर्दै जिल्ला सभापति ढकालले गाडी सञ्चालनमा उचित व्यवस्था गर्दै सेवामा कञ्जुस्याँई नगर्न आग्रह गरेका थिए ।