अर्जुनधारामा ९५ जनालाई लालपूर्जा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारामा ९५ जनालाई लालपूर्जा


यलम्वर टाइम्स
२९ जेष्ठ २०८०, सोमबार ०७:४८

सिस्ने । अर्जुनधारा नगरपालिका वडा नं. १ का ९५ जनालाई धनीपूर्जा वितरण गर्न तयार रहेको वडाध्यक्ष उपेन्द्र बस्नेतले बताएका छन् ।

वडाको अथक प्रयास, प्राविधिकहरुको सहयोग र भूमि आयोगको मापदण्ड अनुसार वर्षौदेखि ऐलेनी जग्गामा बस्दै आएका वडावासीलाई लालपूर्जा दिन लागिएको हो ।

‘अब हामी केही दिनभित्रै बोलेको वचन अनुसार प्रतिवद्ध भई लालपूर्जा दिनेमा पुगेका छौं’, वडाध्यक्ष बस्नेतले बताए ।