सामाजिक योद्धा विष्टको शव यात्रामा सयौंको सहभागिता « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

सामाजिक योद्धा विष्टको शव यात्रामा सयौंको सहभागिता


यलम्वर टाइम्स
९ श्रावण २०८०, मंगलवार ११:५९

शनिश्चरे । शनिश्चरे क्षेत्रका अगुवा तथा सामाजिक व्यक्तित्व अशोक विष्टको निधन भएको छ ।

अर्जुनधारा ८ शनिश्चरेस्थित आफ्नै निवासमा आज (मंगलबार) ७१ को उमेर निधन भएको हो । उनी लामो समयदेखि कलेजो रोगबाट पीडित थिए ।

तत्कालिन शनिश्चरे गाउँ विकास समिति वडा नं. २ को वडाध्यक्ष समेत रहेका विष्ट शनिश्चरे प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका काम गरिसकेका थिए ।

विष्टको आजै कनकाई माईमा दाह संस्कार गरिएको छ भने उनलाई नेपाली सेनाले अन्तिम सलामी दिएका थिए । विष्टका जेठा छोरा अभिषेक विष्ट नेपाली सेनाको मेजर पदमा कार्यरत छन् ।

शनिश्चरे बजारका अगुवा अभिभावकका रुपमा रहेका विष्ट शनिश्चरे खानेपानी, शनिश्चरे बजारको पहिचान स्थापना गराउन यहाँ लागि सबै बजारलाई व्यवस्थित गरे नगरको भविष्य उज्वल हुने कुरामा आफ्ना भनाइ राख्दै आएका थिए ।

पछिल्लो पटक यस क्षेत्रबाट विजय हुने वडाध्यक्षले शनिश्चरे बजारलाई व्यवस्थापन र सौन्दर्यकरण गर्न लागि परेकोमा गौरान्वित भएका पनि थिए ।

दुई छोरा बुहारी, श्रीमती र आमासँगै बस्दै आएका अशोक परिवारको माइला पुत्रका रुपमा थिए । अशोक प्रजातन्त्रका लागि लड्ने योद्धा भएको हुँदा उनको शव यात्रामा राजनीतिक व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागिता थियो ।