रमाइलो बस्तीमा पिकनिक पार्क बन्दै « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

रमाइलो बस्तीमा पिकनिक पार्क बन्दै


यलम्वर टाइम्स
१३ श्रावण २०८१, आईतवार ११:१९

अर्जुनधारा । अर्जुनधारा–७ स्थित खेल मैदान पूर्व पट्टि रमाइलो चोक नजिक पिकनिक पार्क बनाउन युवाहरु जुटेका छन् ।

पूर्व पट्टि सलल बग्ने विरिङ नदी, पश्चिम पट्टि विशाल खेल मैदान भएको हुँदा सित्तल छहारीसँगै पिकनिक पार्क, योगा स्थल उपयुक्त हुने समाज कल्याणका अध्यक्ष धर्मानन्द गुरागाईले यलम्वर टाइम्सलाई बताए ।

उक्त ठाउँमा सित्तल बाँसका बोटहरु, २ वटा सिमल र ५९ वटा खयरका रुख रहेका छन् । वर र पीपलका विरुवाहरु पनि हुर्कदै गरेको देखिन्छ ।

करिब एक सातायता रमाइलो बस्ती लगायत अन्य क्षेत्रका युवाहरुले आफ्नो प्रयासमा पार्क बनाउन जुटेको विशाल लामिछानेले बताए ।

उक्त पार्क निर्माण सम्पन्न गर्न करिब ३ लाख बढी रकम लाग्ने अनुमान छ भने पार्कभित्र फूलहरुका विरुवा लगाउने योजना रहेको छ । त्यस्तै रुखहरुमा सेतो रातो रंग लगाउने काम भएको छ ।

यसअघि घारी भएर आवतजावतमा समेत समस्या भएको र अन्य फोहोरहरु फ्याँक्ने डम्पिङ साइड भएको हुँदा पार्क बन्नै लाग्दा त्यसको निराकरण हुने र जो कोहीलाई आवतजावतमा सहजता मिल्ने देखिन्छ । उक्त पार्क परिषरमा बत्ती, शौचालय आवश्यक देखिन्छ ।