तपाईको यो साता (२०८१ भाद्र २९ गते शनिबार) « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

तपाईको यो साता (२०८१ भाद्र २९ गते शनिबार)


यलम्वर टाइम्स
२९ भाद्र २०८१, शनिबार ०२:१३

मेषः यो साता मेष राशीको समय मध्यम रहेको छ । राशी स्वामी मंगलले स्थान परिवर्तन गरेसँगै आर्थिक कारोवारमा न्यूनता स्वभावमा तेजी, मनमा चिन्ता हुनेछ । लगानीमा सावधानि अपनाउनु पर्ने देखिन्छ । स्वास्थ्यमा गडबढी उदरविकार रहनेछ । सोमबारदेखि केहि राहत हुने छ । शुभ रंग रातो र अंक १ ।

वृषः यो साता वृष राशीको राम्रो समय रहेको छ । यश लाभ, धन लाभ, विद्या प्राप्ति हुनुका साथै मन प्रसन्न रहने छ । ग्रहयोग राम्रो छ । चिताएको कुरा पुग्ने छ, पठनपाठनमा राम्रो उन्नति रहनेछ । कुनै पुरानो कार्य निमाण आदि सम्पन्न हुने योग छ । सोमबारदेखि यात्रा गर्दा अलिक सावधान रहनु पर्नेछ । गाडी बाहन आदि चलाउदा होस् पु¥याएर चलाउनु होला । लामो दूरीको यात्रा नगर्नु होला । शुक्रबारदेखि सबै कुरा राम्रो भएर जाने छ । शुभ रंग सेतो, पहेलो र शुभ अंक २ ।

मिथुनः मिथुन राशीको यो साता समय बलवान छ । बुध एकदम राम्रो स्थितिमा रहेकाले व्यापार वृद्धि, धनलाभ, यात्रा सफल छ । वैदेशिक रोजगार को अवसर प्राप्त हुनेछ । पैतृक सम्पति प्राप्त हुनेछ । यो साता आमोदप्रमोदमा दिन बित्नेछ । पुराना कार्यहरुको सम्पन्नताले हर्ष प्राप्ति हुनेछ । नयाँ कारोवार गर्नुपर्ने देखिन्छ । शुभ रंग हरियो, निलो र अंक ६ ।

कर्कटः यो साता कर्कट राशि राशीको लागि त्यति राम्रो छैन । स्वास्थ्यमा हानी रोग, सत्रु, ऋणबाट सावधान रहनुपर्ने समय छ । शनिको अढैया चलिरहेको छ । नयाँ कार्यको थालनी नगर्नु नै बेस छ । अलिक सावधान रहनु होला । शनिबार शनिको पूजा गर्नुहोस् । बुधबारसम्म समय ठिक छैन । त्यसपछि मात्र केही राहत हुनेछ । शुभ रंग सेतो, पहेलो र अंक ४ ।

सिंहः यो साता सिंह राशीलाई शुभ समय रहेको छ । व्यापारमा वृद्धि हुनेछ धनलाभ रहेको छ, तर मनमा भने अशान्ति रहनेछ । आँफूले सोचेका हुनुपर्ने कुरा नहुँदा मन खिन्न हुनेछ । यात्रा सफल छ । नयाँ कार्यको थालनी हुनेछ । होटल व्यवसायमा लाभ हुनेछ । सोमबारदेखि शुक्रबारसम्मको समय योगकारक छ । शुभ रंग रातो र अंक ९, ५ ।

कन्याः यो साता शुभ रहेको छ । व्यापार व्यवसायमा लाभ हुनेछ । आफन्त तथा साथीभाईहरुको सहयोग प्राप्त हुनेछ । सरकारी नोकरी, पेशा गर्नेहरुको लागी पदोन्नत प्राप्त हुनेछ । विधाको क्षेत्रमा प्रगति हुनेछ । टाढाको यात्रा सफल रहनेछ । नयाँ निर्माणको कार्य सफल हुनेछ । धन सञ्चय र व्यापार वृद्धि हुने योग छ । चल सम्पतिको व्यापार, ऋण लगानी शुभ छ । आजदेखि सोमबारसम्म शुभ त्यसपछि कारोवार गदा अलिक होस पु¥याउनु होला । शुभ रंग राता, हरियो र अंक ३ ।

तुलाः ग्रह परिवर्तनले समय एकदम राम्रो छ । शुक्र राशी स्वामी शुभ चलिरहेकाले भाग्योदय, कार्य सफलता, कर्मचारी अधिकारीहरुको सहयोग प्राप्त हुनेछ । नयाँ निर्माणको कार्य पूर्णता हुने योग छ । भूमि तथा दैनिक उपभोग्य वस्तु, कपडा आदिको व्यापार शुभ रहेको छ । सोमबारबाट लगानी शुभ हुनेछ । शुभ रंग सेतो, कालो र अंक ३, ७ ।

वृश्चिकः यो साता वृश्चिक राशीलाई शुभ रहेको छ । मंगल राशी स्वामी शुभकारक भई केन्द्रस्थानमा भएका कारण र मूल त्रिकोणका ग्रह शुभ भएका कारण कार्य सफलताको योग छ । निर्माण कार्य पूरा हुनेछ । मंगलबार इष्टदेव को पूजा, हनुमान जीको दर्शन पूजन गर्नुहोस् र चालिसा पाठ गर्नुहोस् । किराना, अन्न, तेल कोइला, आदिको व्यापार शुभ हुनेछ । शुभ रंग रातो, गुलाबी र अंक ८, २ ।

धनुः यो साता यस राशीका व्यक्तिलाई अत्यन्तै राम्रो छ । वैदेशिक रोजगारमा जानेहरुको लागि समय राम्रो छ । मित्रहरुको सहयोगमा कार्यहरू सम्पन्न हुने योग छ । यात्रा सफल हुनेछ । पाटी, गोष्ठी आदिमा भाग लिनु पर्ने देखिन्छ । नेताहरुलाई नेतृत्व गर्नुपर्ने छ । पदोन्नतिका साथै आफ्नो व्यापारमा लगानी समेत हुने देखिन्छ । शुभ रंग पहेलो, सेतो र अंक ९ ।

मकरः यो हप्ता मकर राशीको समय वलवान रहेको छ । कार्य योजना सफल, अचल सम्पत्ति, भूमि, तेल, काठ आदिको व्यापारमा लाभ छ । राशीमा अन्त्य साढे साती चले पनि शनि लाभेष छन् । धनलाभ, प्रतिष्ठामा वृद्धि, यात्रा सफल रहेको छ । तीर्थ यात्रा, लामो दूरीको यात्रा सम्भव छ । पश्चिम दिशाको यात्रा लाभ दायक रहने छ । शुभ रंग कालो र अंक ७ ।

कुम्भः समय एकदमै शुभ रहेको छ । कालो वस्तुको व्यापार कोइला, टायर, फलाम, मोटर पार्टस आदिको कारोबार शुभ रहेको छ । पदोन्नति ’मानसम्मानमा वृद्धि, पराक्रममा वृद्धि हुनेछ । सत्रुबाट सावधान रहनुहोला । गुप्तसत्रुले फसाउने षड्यन्त्र गर्ने छन् । शुभ रंग ध्वाँसे, कालो, निलो र अंक ११ ।

मीनः मध्यम समय रहेको छ । आम्दानीमा कमी हुनेछ । खर्च बढ्ने छ । आफन्तजनको भेटघाटले मन प्रसन्न हुनेछ । यात्राको पनि योग रहेको छ । शनिको साढेसाती आध चलिरहेको छ । त्यसकारण चोट पटकबाट जोगिएर रहनू होला । ऋण नलिनु होला । ठूलो लगानी गरेर कार्य नगर्नुहोला । पुरानो कामलाई पूर्णता दिनुहोला । शुभ रंग पहेलो, सेतो र अंक ९, १ ।