शनिश्चरे बहुमुखी क्याम्पसको ११ औं साधारणसभा सम्पन्न « Yalambar Times
२० आश्विन २०८१, आईतवार

शनिश्चरे बहुमुखी क्याम्पसको ११ औं साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
१५ आश्विन २०८१, मंगलवार १०:२७

अर्जुनधारा । अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसको ११ औं साधारणसभा तथा १८ औं स्थापना दिवस सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमराज खरेलको सभापतित्व र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको हो ।

क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पसका लागि बस उपलब्ध भइसकेको बताएका छन् । उनले भगिनी सम्बन्धबाट बस प्राप्त भइसकेको बताउँदै केही कागजी प्रक्रियाले अड्किएको बताए ।

नगर प्रमुख गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा नगरकै गहना भएको बताउँदै क्याम्पसको विकास र विद्यार्थीहरुको सहजताका लागि सक्दो सहयोग गर्ने बताए । उनले क्याम्पसका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन भएको समेत सुनाए ।

भएको कार्यक्रममा संविधान सभा सदस्य भक्तबहादुर खपाङ्गी, पूर्वअध्यक्ष सरोजकुमार ओली लगायतले शुभकामना दिँदै अर्जुनधारा क्षेत्रको शैक्षिक उन्नतिमा शनिश्चरे बहुमुखी क्याम्पसका भूमिका महत्वपूर्ण रहेको बताए ।

सोही कार्यक्रममा २०७९ को परीक्षामा सहभागि भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

क्याम्पसले बीबीए पहिलो वर्षको परीक्षामा सर्वोउत्कृष्ट अंक हासिल गर्दै क्याम्पस टपर बनेकी अनिसा दाहाललाई नगद ६ हजारसहित प्रमाणपत्रले सम्मान गरेको सहायक क्याम्पस प्रमुख कृष्ण थापाले बताए । दाहालले ६७.६ प्रतिशत अंक ल्याएर क्याम्पस टपर बनेकी थिइन् ।

यस्तै बीबीएस चौथो वर्षमा ६१.४ प्रतिशत अंक ल्याउन सफल मनिष आचार्य, बीबीएस दोस्रो वर्षमा समिक्षा राई (६०.४), बीबीएस तेस्रो वर्षमा घनश्याम सापकोटा (५५.८०), बीएड दोस्रो वर्षमा कञ्चन खतिवडा (५४.६६), बीएड पहिलो वर्षमा दिपा भट्टराई (५३.३३) र बीएड तेस्रो वर्षमा बन्दना अधिकारी (४८ प्रतिशत) लाई नगद रु चार हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सञ्चालक समिति सदस्य लोकनाथ गौतमले स्वागत गरेको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख मोहनप्रसाद ओली र आर्थिक प्रतिवेदन लेखा संयोजक कृष्ण पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख थापाले गरेका थिए ।