ब्राइटरको आफ्नो विशेषता छः भट्टराई « Yalambar Times
२० आश्विन २०८१, आईतवार

ब्राइटरको आफ्नो विशेषता छः भट्टराई


यलम्वर टाइम्स
१५ आश्विन २०८१, मंगलवार ११:१४

अर्जुनधारा । युवा व्यक्तित्वको रुपमा स्थापित एउटा शिक्षित युवाको नाम हो भास्कर भट्टराई । केही गर्नु छ भने स्वदेशमा नै गरौं भन्ने उद्देश्यले हाल शिक्षा क्षेत्रलाई आफ्नो कर्म बनाएर ब्राइटर इङ्लिस स्कुल सञ्चालन गरेर बसेका छन् ।

झापा अर्जुनधारा–५ बैसाबाडी निवासी भट्टराई सोही वडाको लक्ष्मीपुरमा सञ्चालित ब्राइटर स्कुलका प्रिन्सिपल हुन् । ग्रामिण क्षेत्रमा रहेर २०५७ सालमा स्थाना भएको सो विद्यालयमा गरिब, जेहेन्दार छात्रछात्रा अध्ययनरत छन् । नमूना विद्यालयको रुपमा उभिएको उक्त विद्यालयले सरल र गुणस्तरीय शिक्षा प्रदान गरिदै आएको छ ।

विद्यालयले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषयको रुपमा कम्प्युटर साइन्स राखेर पढाइदै आएको प्रिन्सिपल भट्टराईले बताए ।

भावी योजना कस्तो छ भन्ने विषयमा विद्यालयका प्रिन्सिपल भट्टराईले निकट भविष्यमा सबैका बालबच्चाहरुलाई सरल र सहज ढंगबाट सक्षम, अध्ययनशिल छात्रछात्रा र अतिरिक्त क्रियाकलापबाट बालबच्चालाई अब्बल बनाउने योजनामा रहेको सुनाए ।

शहरको कोलाहलबाट टाढा, शान्त र सुरक्षित वातावरणीय सुविधायुक्त कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला जस्ता स्थापना गरेर विद्यालयलाई अगाडि बढाउँदैछौं । गायन, नृत्य, अभिनय साथै खेल क्षेत्रका सबै क्रियाकलापका तालिम पनि प्रदान गर्दै आएको बताए ।

विशेषगरी ब्राइटरमा अध्ययनरत बालबच्चाको हेनराइटिङ राम्रो भएको हुँदा यो विद्यालयको विशेषता नै भएको भट्टराईले बताए ।

विद्यालयको भवनको अवस्था कस्तो छ त ? भन्ने जिज्ञासामा प्रिन्सिपल भट्टराई भन्छन्, ‘सरकारको मापदण्ड अनुसार र कोलाहल मुक्त भवन भएकाले अध्ययनमा असर पर्दैन । यातायातमा पनि पर्याप्त गाडी भएकाले समयमा नै विद्यार्थी ल्याउने लाने काम भएको छ ।’

विद्यालयलाई यहाँसम्म ल्याउने थुप्रै संस्थापकहरु भए पनि कक्षा ९ देखि १२ सम्मका लागि अग्रज अभिभावक तथा फाउण्डर लेखनाथ भट्टराईको योगदानबाटै विद्यालय यहाँसम्म आएको हो ।

विद्यालयको विशेषताको विषयमा प्रिन्सिपल भट्टराई भन्छन्, ‘अनुभवी शिक्षक, गर्मी र जाडो याममा पिउने पानीको शुद्धता साथै अवलोकन भ्रमणमा प्राथमिकता रहेको छ ।’