तपाईको यो साता (२०८१ असोज २६ गते शनिबार) « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

तपाईको यो साता (२०८१ असोज २६ गते शनिबार)


यलम्वर टाइम्स
२६ आश्विन २०८१, शनिबार ०५:०४

मेषः यो साता मेष राशीहरुको लागि अत्यन्तै लाभको समय रहेको छ । आर्थिक कारोवारमा वृद्धि हुनेछ । व्यापारबाट प्रशस्त लाभ हुनेछ । बोल्दा विचार पुर्याउनु होला वादविवादबाट टाढै रहेर कार्य गर्नु । शत्रु परास्त हुने छन् । पुरानो वाद्विवाद पुनः दोहोरिने छ । आफन्तको साथ सहयोग प्राप्त होला । शुभ अंक १ र रंग रातो ।

वृषः यो सप्ताह वृष राशीको लागि उन्नति कारक समय रहने छ । सेतो वस्तुको व्यापार, तरल पदार्थको व्यापारबाट फाइदा हुनेछ । वैदेशिक यात्रा सफल हुनेछ । गुप्त सत्रुबाट सावधान रहनु होला । अप्रत्याशित धन लाभ हुनेछ । नयाँ स्थानको यात्रा भ्रमण पनि हुनेछ । व्यापार वृद्धि पदोन्नति आदिको सुयोग रहेको छ । शुभ अंक २ र रंग सेतो, पहेलो ।

मिथुनः यो सप्ताह मिथुन राशीको लागि उत्तम समय रहेको छ । नयाँ कार्यको थालनी हुनेछ । मनलाई शान्त राख्नु होला, आफन्तजनको साथ सहयोग प्राप्त होला । स्वास्थ्यमा पनि केहि गडबडी हुने सम्भावना छ । पुरानो झमेला सुल्झिने बेला आएको छ । सन्तानबाट सुख प्राप्ति होला । वैदेशिक यात्रा सुखद हुने समय रहेको छ । कुनै छोटो दूरीको मात्रा हुनेछ । शुभ अंक ३ र रंग निलो, हरियो ।

कर्कटः यो साता कर्कट राशप्को लागि अत्यन्त शुभ रहेको छ । धन लाभ, व्यापार वृद्धि हुनेछ । कुनै लामो दूरीको सुखद् यात्रा हुनेछ । आफन्तहरुको साथ सहयोग प्राप्त होला । धार्मिक स्थलको भ्रमण हुने छ । स्वास्थ्यमा सावधान रहनु होला । पेट सम्बन्धि समस्या हुनेछ । सत्रु पराजय हुने छन् । कुनै नयाँ निर्माणको कार्य सम्पन्न हुने योग छ । पद, प्रतिष्ठा प्राप्ति हुनेछ । शुभ अंक ४ र रंग सेतो, पहेंला ।

सिंहः यो साता सिंह राशीको लागि एकदमै राम्रो समय रहेको छ । विद्यार्थीहरुको पठनपाठन राम्रो रहने छ । वौदिक क्षेत्रमा उन्नति हुनेछ । व्यापार वृद्धि, धन लाभ, सत्रु पराजय, पराक्रममा वृद्धि तथा स्थान परिवर्तनको योग रहेको छ । सामाजिक कार्यमा रुची बढ्ने छ । लामो दूरीको यात्रा हुनेछ । शुभ अंक ५ र रंग रातो ।

कन्याः यो सप्ताह कन्या राशीको लागि समय सामान्य रहेको छ । आर्थिक संकट झमेला बढ्ने छ । सोमवारदेखि ग्रहगोपर परिवर्तन भएसँगै कार्यमा सफलता प्राप्ति, व्यापारमा लाभ, वैदेशिक यात्रा सफलता प्राप्ति हुनेछ । भाग्योदयको समय रहेको छ । सामाजिक मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । स्वास्थ्यमा विचार पुर्याउनु होला । शुभ अंक ६ र रंग हरियो ।

तुलाः यो साता तुला राशीको लागि अतिउत्तम समय रहेको छ । ग्रह शुभ भएका कारण लक्ष्मी प्राप्ति, व्यापारबाट मुनाफा हुनेछ भने मंगलबार चोटपटकको भय रहने छ । उचाइमा नचढ्नु होला । बुधबार विष्णुको पूजा गनुहोस् लाभ हुनेछ । ऋणबाट सावधान रहनुपर्नेछ । सन्तानबाट सुख प्राप्ति होला । सन्तान प्राप्तिको योग छ । वैदेशिक रोजगारबाट लाभ हुनेछ । कुनै धार्मिक क्षेत्रको यात्रा हुने देखिन्छ । शुभ अंक ७ र रंग सेतो, पहेलो ।

वृश्चिकः यो साता वृश्चिक राशीको लागि अत्यन्त शुभ कारक छ । आम्दानी बढ्ने छ । पुरानो लेनदेनको कार्य सम्पन्न हुनेछ । सत्रुबाट सावधान रहनु होला । घरमा मांगलिक कार्य सम्पन्न हुनेछ । चल सम्पत्तिको व्यापार–ब्याज आदिको काममा नाफा हुनेछ । पुरानो अधुरो कार्य सम्पन्न हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ । मधुर मिष्ठान्न भोजन प्राप्तिको योग छ । शुभ अंक १ र रंग पहेलो, रातो ।

धनुः यो राशीको लागि यो साता अत्यन्तै राम्रो छ । आफूले थालेको कार्यमा सफलता, कार्य सिद्धी, विद्या प्राप्ति, सफलता प्राप्ति, ऋणबाट मुक्ति, धन लाभ, स्वास्थ्य लाभ हुनेछ । शनि र गुरुको कृपाले कार्य सम्पादन हुनेछ । दुर्घटनाबाट सावधान रहनुहोस् । गाडी चलाउदा सावधान रहनुहोस् । सुखद यात्रा हुनेछ । सामाजिक कार्यमा भाग लिनुपर्ने छ । मनमा आनन्द छाउनेछ । सोचेको काम पुरा हुनेछ । शुभ अंक ५ र रंग पहेलो ।

मकरः यो साता मकर राशीको लागि मध्यम समय रहेको छ । व्यापारबाट लाभ हुनेछ । आफन्तजनको सहयोग प्राप्त होला । तरल पदार्थको व्यापार शुभ हुनेछ । यात्रा सफल छ । कुनै नयाँ ठाउँको यात्रा हुने देखिन्छ । कोईला, तेल, फलाम सम्म्बन्धी व्यापार पनि राम्रो हुनेछ । शुभ अंक २ र रंग कालो ।

कुम्भः यो सप्ताह कुम्भ राशीको लागि मिश्रत फलदायी समय रहेको छ । पशुपालनबाट लाभ, कृषिको कामबाट आम्दानी हुनेछ । कुनै पहाडी स्थानको यात्रा हुनेछ । सरकारी जागीरमा पदोन्नतिको योग रहेको छ । सुन, चाँदी आदि रत्नको व्यापारमा लाभ हुने देखिन्छ । धार्मिक कार्यमा खर्च बढ्ला । शुभ अंक ४ र रंग निलो ।

मीनः मीन राशीको लागि यो साता अत्यन्त लाभदायक छ । नयाँ कामको थालनी, मित्रहरुको साथ सहयोग प्राप्त हुनेछ । भाग्योदयको समय रहेको छ । वैदेशिक यात्रा सफल, मान प्रतिष्ठामा वृद्धि, लेनदेन सफल, ऋण मुक्ति, विद्या प्राप्ति, सत्रु पराजय, स्थान परिवर्तन हुने योग छ । शुभ अंक ९ र रंग पहेलो ।