योग साधना गर्नुहोस् औषधी सेवनबाट टाढै रहनुहोस् « Yalambar Times
६ मंसिर २०८१, बिहीबार

योग साधना गर्नुहोस् औषधी सेवनबाट टाढै रहनुहोस्


यलम्वर टाइम्स
१३ कार्तिक २०८१, मंगलवार ०९:०३

अर्जुनधारा । शरीर निरोगी भयो भने संसार देख्न र चिताएको काम गर्न सकिन्छ । तर, शरीर नै रोगी हुँदा आफ्नै घरको आँगन पनि परदेश हुनसक्छ । त्यसैले ‘गरौं योग, रहौं निरोग’ भन्ने नाराका साथ अर्जुनधारा नगरपालिका योगमय नगर बन्दै गएको देखिन्छ ।

स्थानीय सरकारले नै योग अभ्यासमा लाग्न प्रेरणा प्रदान गर्दै जाँदा आज प्रत्येक वडामा योग शिविर चल्दै आएको देखिन्छ ।

पवित्र धार्मिक स्थल अर्जुनधारा जलेश्वर धाममा भारत हरिद्वारका योगा गुरु बालकृष्ण आचार्य र नगर प्रमुख बलदेवसिंह गोम्देनको सहकार्यमा प्रत्येक वडालाई योग अभ्यास गराउँदै नगरका जनतालाई निरोगी बनाउन आह्वान गरेपछि योग अभ्यास शिविर सञ्चालनमा आएको वडा नं. १० का वडाध्यक्ष भूपेन्द्र न्यौपानेले बताए ।

वडाध्यक्ष न्यौपाने पातञ्जली योग झापा जिल्ला सदस्य यसै नगरका संरक्षक भएर शिविर सञ्चालनमा लागेका छन् । योग नगर भएपछि नगरबासीहरु उत्साहित हुन पुगेका छन् ।

बिहान समयमा नै उठेर आ-आफ्नो शिविरमा सहभागि भई योग गर्ने अभ्यास चलिरहेको छ । हरुरेक बिहान १५ वर्षदेखि ७० वर्षसम्मका मानिसहरु योग गर्न आउने गरेका छन् ।

अर्जुनधारामा मात्र ३० स्थानमा दैनिक योग शिविर सञ्चालन हुँदै आएको छ । वडा नं. १० मा चार स्थानमा योग केन्द्र खडा गरिएको वडाध्यक्ष न्यौपानेले बताए । उनका अनुसार उक्त केन्द्रको रेखदेख उनी आफैले गर्छन् । अर्जुनधारामा मात्र दुई सयभन्दा बढी योग गुरुहरु उत्पादन भएका छन् ।

राम्रो लगाउनु, राम्रो खानुसँगसँगै राम्रोसँगले आफ्नो शरीरको मस्तिष्कलाई चलाउनु सफल जीवन हो । त्यो जीवन पाउँन योग अभ्यास जरुरी छ । नकरात्मक उर्जालाई नफ्याकेसम्म प्रगतिका ढोकाहरु खुल्न सक्दैन, त्यसलाई खुलाउने महत्वपूर्ण चाबी योग नै हो । त्यसैले योगको ठूलो महत्व छ ।

वडा अध्यक्ष न्यौपानेले अगाडी भने, ‘म आफै प्रेसर, सुगर रोगी, खाना नपच्ने, निन्द्रा नलाग्ने जस्ता रोगले छोप्दै थियो, योगा गर्दै गएँ, आज म कुनै औषधी सेवन गर्दिन र गर्नु पनि नपरोस् ।’

हिजो आज पुरुषभन्दा बढी महिलाहरुले तनावका कारण डिप्रेसनका औषधी खाँदै गरेको अवस्था छ । धेरै महिलाहरु योगा गर्दै त्यसको नियममा बसेपछि डिप्रेसनको समस्याबाट मुक्त हुँदै गएको अध्यक्ष न्यौपानेले सुनाए ।

अफिस समयमा वडाको बिकास र वडाबासीहरुका समस्या समाधानका लागि तल्लिन भइन्छ । त्यसको अलवा गाउँलेहरुलाई योग गर्नुपर्छ भन्ने सन्देशपनि दिने गरेको छु( न्यौपानेले यलम्बर टाईम्सलाई बताए । उनले वडा नं. १० को शिवपाञ्चायन, सर्वेश्वर शिवालय, पञ्चकन्या र भद्रकाली, दुर्गा भवानी मन्दिर र वरपिपल योग साधनाको सञ्चालन भइरहेको अवगत गराए ।

पहिले हामीले सर्वसाधारण जनतालाई योग साधनाबारे जानकारी दिएपछि नगरबासीहरु अहिले स्वतस्फूर्त उत्साहित भएर ‘आफ्ना लागि योग समाजका लागि योग’ भन्दै लागेका छन् ।

वडा अध्यक्ष न्यौपानेले अगाडी भने, बिरामीका कारण धेरै मानिसहरु अस्पतालमा धाउनु परेको छ । बिना कारण धेरै रकम स्वास्थ्य बिमा मार्फत् राज्यले खर्चदै छ । त्यसको अन्त्यका लागि योग साधनालाई प्राथमिकता दिनुपर्ने आजको आवश्यकता भएको छ ।

नेपालको योग साधनासँग हरिद्वारको पातञ्जलिको सम्बन्ध प्रगाढ छ । त्यसैले पनि नेपालमा योग फस्टाउँदै गएको हो । हाम्रो नगरपनि हरिद्वारसँग सम्बन्ध भएका कारण हामी पुग्यौं । शान्ति र स्वस्थ्य जीवन भनेको मूल्यवान हो । यसलाई चलाउने एउटा साधना “योग” भएको हँुदा योगमा लाग्न जरुरी छ ।