आम्दा अस्पतालकी प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. भारती अब शंकर अस्पतालमा « Yalambar Times
७ पुष २०८१, आईतवार

आम्दा अस्पतालकी प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. भारती अब शंकर अस्पतालमा


यलम्वर टाइम्स
७ पुष २०८१, आईतवार ०९:१७

अर्जुनधारा । झापाको उत्तरी क्षेत्र अर्जुनधाराबाट लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको शंकर अस्पतालले अब प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा पनि दिने भएको छ ।

अर्जुनधारासँगै जोडिएको बुद्धशान्ति, दक्षिणी इलामका माई, रोङ लगायतका महिलाहरुलाई उपचारको लागि टाढा जानु नपरोस् भन्ने उद्देश्यले सेवा सुचारु गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

झापा दमक स्थित आम्दा अस्पतालबाट हरेक शनिबार दिउँसो २ बजेबाट डा. सोनु भारतीले शंकर अस्पतालमा सेवा प्रदान गर्ने प्रबन्धक सुजन शिवाकोटीले जानकारी दिए ।

पाकिस्थानबाट एमडी गरेर आम्दामा सेवा दिँदै आएकी डा. भारतीले अब शंकर अस्पतालमा सेवा दिने हुँदा महिला बिरामीहरुका लागि सुलभ हुने अस्पतालले जनाएको छ ।

डा. भारती झापा अर्जुनधारा–५ बैशावाडी निवासी हुन् । आफ्नो क्षेत्रमा आएर सेवा गर्न पाउँदा खुशी महशुस भएको बताइन् ।

अस्पतालमा वरिष्ट फिजिसियन डा. सन्तोष यादव र बाल रोग विशेषज्ञ डा. दिनेश साहले सेवा दिँदै आएका छन् ।