भद्रपुर । प्रहरीले झापा भद्रपुर–९ स्थित घोडामाराबाट २९ लाख ८७ हजार २ सय मूल्य बराबरको २० कार्टुन मोवाइल पाट्र्स बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त मोवाइल पाट्र्स बरामद गरेको प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
शनिबार नेपालतर्फ आउँदै गरेको बा १८ च ४६१६ नम्वरको पिकअप गाडीलाई प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले चेकजाँच गरी पिकअप गाडीसहित गाडी चालक भद्रपुर–५ का राहुल कामतलाई पनि नियन्त्रणमा लिएको थियो ।
उनलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–६ छाताचौकबाट १८ लाख १० हजार २५० मूल्य बराबरको मोवाइलमा प्रयोग हुने सामग्री फेला परेको छ ।
बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको उक्त सामानलाई रितपुर्वक बरामद गरी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाएको प्रहरीले जनाएको छ ।