डाङ्ग्रे बाबालाई नेपालकै प्रसिद्ध धाम बनाउन सकिने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

डाङ्ग्रे बाबालाई नेपालकै प्रसिद्ध धाम बनाउन सकिने


यलम्वर टाइम्स
२९ चैत्र २०८०, बिहीबार ०९:३६

अर्जुनधारा । अर्जुनधारा वडा नं. ७ मा रहेको डाङ्ग्रे बाबा सेतीदेवी पाथीभरा स्थित धार्मिक स्थलमा भएको त्रिदिवसीय धार्मिक महोत्सव आज सम्पन्न भएको छ ।

२७ गतेबाट सुरु भएको महोत्सव धार्मिक सम्बन्धि आध्यात्मिक प्रवचन तथा धामी झाँक्रीबाट विभिन्न कला प्रदर्शन साथै तान्त्रिक विधिका विषयमा केन्द्रित थियो ।

छोटो समयमा सबैको ध्यान केन्द्रीत गर्न सफल डाङ्ग्रे बाबा धाममा स्थानीयको बेजोड उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको समापनमा प्रमुख अतिथि डाङ्ग्रे बाबा स्थापनाका लागि स्थान देखाउने गुरु विकास राईले आध्यात्मिक साथै तान्त्रिक दुवै विधिबाट यस धामलाई अगाडि बढाउन सकिने बताए ।

गुरु राईले यो स्थल पवित्र मात्र होइन, शक्तिको केन्द्र भएको हुँदा पूजाआरधना र वैधिक तान्त्रिकबाट अगाडि बढाए यसको आकार फराकिलो हुने जोड दिए ।

धाम अध्यक्ष कालिबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारकर्मी सम्झना कुलुङ राई, पाताञ्जली योग शिविरका समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

महोत्सवमा ५ हजारदेखि माथि सहयोग प्रदान गर्नुहुनेलाई सम्मानपत्र प्रदान गरिएको थियो । उद्घाटन समयमा पूर्व मुख्यमन्त्री उद्धव थापाले धामको उन्नतिको लागि आफ्नो योगदान रहने बताउँदै धामलाई रु. एक लाख प्रदान गरेका थिए ।

महोत्सव संयोजक चतुर्भुज काफ्लेले डाङ्ग्रे बाबा आफैमा नेपालकै प्रसिद्ध धाम भएको हुँदा यसलाई फराकिलो बनाएर लान सके ठूलो तीर्थस्थल हुने बताए ।

धामका सचिव रोशन नेम्वाङले महोत्सवभरी स्थानीयको सहयोग अतुलनीय भएको हुँदा आउने वर्ष अझ फराकिलो ढंगबाट लैजानका लागि सबैको सहयोग आवश्यक भएको बताए ।