सभामुख घिमिरेद्वारा शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवाको उद्घाटन « Yalambar Times
२२ असार २०८१, शुक्रबार

सभामुख घिमिरेद्वारा शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवाको उद्घाटन


यलम्वर टाइम्स
२१ असार २०८१, बिहीबार ११:००

अर्जुनधारा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शनिश्चरे अस्पतालको अवलोकन गर्दै त्यसले गरेको कार्यप्रति प्रशंसा गरेका छन् ।

विहीबार शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सञ्चालनको उद्घाटन गर्दै सभामुख घिमिरेले अस्पतालको प्रशंसा गरेका हुन् ।

उनीसँगै नगर प्रमुख बलदेवसिंह गोम्देन लगायतको सहभागिता रहेको थियो । १५ सैयाको नगर अस्पतालको रुपमा विकसित गरिएको शनिश्चरे अस्पतालबाट हुने सेवाहरुका विषयमा गाउँगाउँमा पुगेर जानकारी गराउनुपर्नेमा सभामुख घिमिरेले जोड दिएका थिए ।

अस्पतालको अवलोकनपछि उनले स्वास्थ्यकर्मीहरुसँग पनि अन्तरक्रिया गरेका थिए । स्वास्थ्यकर्मीहरुले पर्याप्त सुविधा नभए पनि उपचारका लागि आएका बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको सुनाए ।

कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, नेकपा एमालेका नगर अध्यक्ष बृख प्रधान लगायतको उपस्थिति रहेको थियो ।

अस्पतालका प्रमुख डा. योगेश चेम्जोङले अस्पतालले दिँदै गरेको सेवा सुविधाको विषयमा जानकारी गराएका थिए ।

उनले सभामुख घिमिरेलाई अपरेशन थे्रटरको विषयमा जानकारी गराउँदै यस अस्पतालले अर्जुनधारा क्षेत्रका नागरिकहरुलाई मात्र नभई दक्षिणी इलामका क्षेत्रहरु, बुद्धशान्ति, मेचीनगर लगायतका बिरामीहरुलाई सेवा दिँदै आएको सुनाए ।