फराकिलो तरिकाबाट लम्कदै अर्जुनधारा « Yalambar Times
२२ असार २०८१, शुक्रबार

फराकिलो तरिकाबाट लम्कदै अर्जुनधारा


यलम्वर टाइम्स
२१ असार २०८१, बिहीबार ०९:५१

अर्जुनधारा नगरपालिकाको यो वर्ष ०८१/८२ को बजेट गत वर्षकोभन्दा फराकिलो तरिकाबाट प्रस्तुत भएको छ । संघीय सरकार र प्रदेश सरकारले प्रदान गरेको सहयोगलाई अर्जुनधारा नगरपालिकाले आफ्नो १५ औं अधिवेशनबाट नगरबासीको उन्नति र प्रगति साथै नगरलाई बलियो बनाउने बजेट पेश भएको पाइन्छ । बजेटले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता प्रदान गरेको देखिन्छ ।

बजेट पेश गर्दा जति फराकिलो भएर गरिएको छ त्यो बजेटलाई कार्यान्वयन गर्न पनि जनप्रतिनिधिहरुले त्यतिकै फराकिलै विचार, पुर्याएर आम सहभागि गराएर लैजान सके मात्र अर्जुनधारा फराकिलो विकासमा लम्कदै गरेको छ भन्ने विश्वास बढ्ने छ । जसरी बजेटले नगरलाई सम्बोधन गर्छ त्यसरी नै वडा, वडाले जनसहभागिता गराएर विकास सबैको हो भन्ने अपनत्व गरियो भने विकासको काममा घुनपुतली लाग्दैन तर, वडामा आइपुग्दा कार्यकर्ताको मन जित्नमात्र कार्यान्वयन हुन्छ भने त्यो सम्मान विकास हो भन्न पाइन्न ।

अर्जुनधारा नगरपालिका विकासको परिणाम देखिने नगर हो । सर्वपक्षीय काम हुँदा पनि ठूलै चर्चा बटुल्ने काम गर्छ । अर्जुनधारा नगरपालिका दक्ष र क्षमतावान सञ्चारकर्मी बसेको र मिडिया सञ्चालन गर्दै नगरको दायित्व बोद्व गरेको क्षेत्र पनि हो । त्यसैले जे जति बजेट छुट्टिएर जनताको काम गरिन्छ । नगर क्षेत्रको मिडियालाई सहभागि गराउन जरुरी छ । नगरले मात्र होइन नगरभित्र रहेको संघसंस्थाले पनि काम गर्दा फराकिलो ढंगबाट गर्न जरुरी छ । त्यसैले आमजनताले विश्वास लिनेछन् र बुझ्ने छन् ।