खुदुनाबारीमा आधुनिक सैलुन « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

खुदुनाबारीमा आधुनिक सैलुन


यलम्वर टाइम्स
९ आश्विन २०७४, सोमबार ०६:५२

खुदुनाबारी ।

अर्जुनधारा–३ स्थित न्यु मुन हेयर सैलुनको उदघाटन गरिएको छ ।

साविक खुदुनाबारी चोकमा रहेको सैलुनको उदघाटन कवि आख्यानकार तथा बरिष्ठ कलाकार कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपेन्द्र सुब्बाले रिबिन काटेर गरेका थिए ।

कार्यक्रममा बरिष्ठ कलाकार हेमन्त बुढाथोकी,रंङ्गकमी राज थापा,साहित्कार मेची पुत्र,कदम थेटर दमकका बरिष्ठ उपाध्यक्ष इन्द्र सुब्बा,वीरु वर्नेन,अर्जुनधारा नगर सभा सदस्य सिताराम भट्टराई,समाजसेवी युवा कामुदेव सुब्बा लगायतका वक्ताहरुले मुन सैलुनको पूर्वाञ्चलव्यापी रुपमा उद्यमशीलता ल्याउने अपेक्षा गरेका थिए ।

बरिष्ठ व्युटिसियन ईश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा खुदुनाबारीमा मुन सैलुन स्थापना गर्नुको औचित्यमाथि प्रकाश प्रोपाइटर प्रदीप राईले स्पष्ट पारेका थिए ।

कार्यक्रम सञ्चालन युवा पण्डित बिष्णु खतिवडाले गरेका थिए ।