अर्जुनधारामा भित्रियो एम्बुलेन्स « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा भित्रियो एम्बुलेन्स


यलम्वर टाइम्स
९ भाद्र २०७५, शनिबार ०२:५१

अर्जुनधारा । गाउँ विकास समिति हुँदा शनिश्चरे र अर्जुनधारामा एक–एक वटा एम्बुलेन्स सञ्चालनमा थियो । जब नगरपालिका हुन पुग्यो नगर एम्बुलेन्स विहिन भयो । तर, स्वास्थ्य महाशाखा टेकुले अर्जुनधारा क्षेत्रलाई एम्बुलेन्स प्रदान गरेर नगरको इज्जत बढाउनमा टेवा पुर्याएको छ ।

यस क्षेत्रमा शनिश्चरे रेडक्रसले सबैभन्दा पहिले एम्बुलेन्स भित्र्याएको थियो । उक्त एम्बुलेन्स पछि राम्रो सञ्चालन हुन नसक्दा जिल्ला रेडक्रस शाखाले बनाएर सञ्चालन गर्दै आएको छ ।

यसरी नै प्राथमिक स्वास्थ्य केन्द्रमा पनि एम्बुलेन्स सञ्चालन हुँदै आएको थियो । संस्थाको नियममा चल्न नसक्दा हाल प्राथमिक स्वास्थ्य केन्द्रमै उक्त एम्बुलेन्स थन्किन पुगेको छ ।

उक्त एम्बुलेन्स सञ्चालन हुँदा बच्चा जन्माउन सजिलो हुने गरी वर्थिङ सेवा पनि राम्रोसँग सञ्चालनमा थियो । वर्थिङ सेवामा बच्चा जन्माउन नसके आम्दा लैजान सजिलो हुने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको हुन्थ्यो । त्यो बेला वर्थिङ सेवा सूचारु थिए । तर, एम्बुलेन्स नभएकै कारण वर्थिङ सेवामा असर परेको स्थानीयहरु बताउँछन् ।
उक्त सेवा सूचारु नहुँदा वर्थिङ सेवामा रहेको रु. ८ लाख रकम फ्रिज भएर गएको छ ।
स्वास्थ्य विभाग टेकु शाखाले उक्त एम्बुलेन्स अर्जुनधारा–४ मा अवस्थित स्वास्थ्य चौकीमा सञ्चालन गर्नका लागि प्रदान गरिएको एम्बुलेन्स बुझ्न गएका अर्जुनधारा नगरपालिकाका कर्मचारी सौजन कटुवालले जानकारी दिए । कटुवालसँगै स्थानीय समाजसेवी केदार पराजुलीको समेत उपस्थिति रहेको थियो । अर्जुनधारा नगरपालिका क्षेत्र अन्तर्गत खुदुनाबारी क्षेत्रमा भने ३÷३ वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।
रेडक्रस, साना किसान र हचुमासा सामुदायिक वनमार्फत उक्त एम्बुलेन्स सञ्चालनमा छन् ।

उक्त सेवा सूचारु नहुँदा वर्थिङ सेवामा रहेको रु. ८ लाख रकम फ्रिज भएर गएको छ ।
स्वास्थ्य विभाग टेकु शाखाले उक्त एम्बुलेन्स अर्जुनधारा–४ मा अवस्थित स्वास्थ्य चौकीमा सञ्चालन गर्नका लागि प्रदान गरिएको एम्बुलेन्स बुझ्न गएका अर्जुनधारा नगरपालिकाका कर्मचारी सौजन कटुवालले जानकारी दिए । कटुवालसँगै स्थानीय समाजसेवी केदार पराजुलीको समेत उपस्थिति रहेको थियो । अर्जुनधारा नगरपालिका क्षेत्र अन्तर्गत खुदुनाबारी क्षेत्रमा भने ३/३ वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।
रेडक्रस, साना किसान र हचुमासा सामुदायिक वनमार्फत उक्त एम्बुलेन्स सञ्चालनमा छन् ।