नीजि क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्छौं : मन्त्री आङबो « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

नीजि क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्छौं : मन्त्री आङबो


यलम्वर टाइम्स
३१ भाद्र २०७५, आईतवार ११:४९

[सन्देश सुब्बा]

पाँचथर । सरकार आफ्नो दायित्व पूरा गर्ने क्रममा नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिममा समर्पित अस्पतालको उद्घाटन गर्दै मन्त्री आङबोले स्वास्थ्य र शिक्षा क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने बताए ।

दायित्व पूरा गर्ने क्रममा सरकार नीजि क्षेत्रलाई समेतसँगै लिएर अघि बढ्ने आङबोको भनाई थियो ।

मन्त्री आङबोले भने, ‘राज्यका संरचना सबल नभएसम्म नीजि क्षेत्रलाई हरेक तवरबाट साथ दिनु तीनै तहका सरकारको जिम्मेवारी हो ।’

आङबोले केही स्थानीय तहले भुलवस गरेका कमजोरीका कारण करको बिषयलाई लिएर सर्वसाधरणमा असन्तुष्टि पैदा भएको स्वीकार्दै संघीय र प्रदेश सरकारले ती कमजोरी सुधार्न सहयोग गर्ने बताए ।

उनले नागरिकलाई मार पर्ने गरी कर संकलन नगर्न समेत स्थानीय तहलाई आग्रह गरे । तर करकै बिषयलाई लिएर संघीयता र संविधानमाथि प्रहार गर्ने प्रयत्न कसैले गरे त्यो सरकारलाई मान्य नहुने आङबोको भनाई थियो ।

सदरमुकाम फिदिममा नीजि लगानीमा २५ सैयाको अस्पताल स्थापना भएको हो । मेची पहाडकै अत्याधुनिक सुविधा सम्पन्न भनेर दाबि गरिएको अस्पतालले सर्वसुलभ मूल्यमा सेवा प्रवाह गर्ने बताइएको छ ।