बिर्तामोड सातै दिन खुल्ला रहने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

बिर्तामोड सातै दिन खुल्ला रहने


यलम्वर टाइम्स
२५ भाद्र २०८१, मंगलवार ११:०४

बिर्तामोड । सोमबार साप्ताहि रुपमा बन्द हुँदै आएको बिर्तामोड २४ गते सोमबारबाट सातै दिन सुचारु हुने भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघले चाडपर्वलाई लक्षित गर्दै सोमबारबाट सातै दिन बजार खुल्ला रहने जनाएको हो ।

संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले विज्ञप्ति जारी गर्दै कात्तिक १८ गतेसम्म सातै दिन बजार खुल्ला रहने जनाएका छन् ।

यस बीचमा नेपालीहरुको महान चार्ड विजयादशमी, दिपावली,छठ लगायतका पर्व रहने र सुलभ दरमा व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई समेत अनुरोध गरिएको छ ।