सक्षम नेताले मात्र सही निर्देशन प्रदान गर्छ: जेसीज « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

सक्षम नेताले मात्र सही निर्देशन प्रदान गर्छ: जेसीज


यलम्वर टाइम्स
६ जेष्ठ २०७४, शनिबार १०:३८

Arjundhara jaycees1अर्जुनधारा / सक्षम नेताले मात्र समाजलाई सही नेतृत्व प्रदान गर्ने कुरा नेपाल जेसीजका कानूनी सल्लाहकार राजाबाबु शाहले बताएका छन् ।

अर्जुनधारा जेसिजद्वारा आयोजित नेतृत्व तथा समस्या समाधान तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका शाहले शरीरको बाहिरी भागलाई जति खर्च गरेर श्रृङ्गार छौं, त्यति नै मात्रामा खर्च गरेर भित्री भागलाई हामीले श्रृङ्गार नगरेको बताउँदै जेसीजद्वारा प्रदान गरिएको नेतृत्व तथा समस्या समाधान तालिमले मानिसको दिमागलाई श्रृङ्गार्ने बताए ।

यसरी तालिम प्रदान गर्दा युवाहरुमा सकारात्मक परिर्वतनसँगै क्षमता अभिवृद्धि हुने शाहले बताए ।

जेसीजको आफ्नै सभाहलमा शनिबार सम्पन्न तालिममा संस्थापक अध्यक्ष इन्दिवर खड्का, वर्ष १५ का अध्यक्ष दिपीन राई, वर्ष १६ का अध्यक्ष शार्दुलहाङ ओली, वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, महिला नेतृ सरस्वती सिटौला, जलेश्वरधामका उपाध्यक्ष चन्द्रकला भण्डारी, नेकपा एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटा लगायतले आ–आफ्नो विचार राखेका थिए ।

निशा तामाङले आस्था वाचन, गरेको कार्यक्रममा तालिम संयोजक उज्वल खरेल रहेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष प्रल्हाद ढुंगानाले गरेका थिए । तालिममा विभिन्न संघसंस्था, राजनीतिक दल र जेसीजका गरी ४० जनाको सहभागिता रहेको थियो ।

कार्यकारी उपाध्यक्ष अजय देवले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष भाष्कर भट्टराईले गरेका थिए ।