एक लाख २५ हजार घुस लिंदालिंदै रङ्गेहात पक्राउ « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

एक लाख २५ हजार घुस लिंदालिंदै रङ्गेहात पक्राउ


यलम्वर टाइम्स
६ असार २०७४, मंगलवार ०८:१५

सन्देश सुब्बा

पाँचथर / जिल्ला शिक्षा कार्यालय पाँचथरका करार सव इन्जिनियर मनोज कुमार यादव एक लाख २५ हजार रुपैंयाँ घुस लिंदै गर्दा मंगलबार रङ्गेहात पक्राउ परेका छन् ।

कार्यालय खुलेपछि घुस लिंदै गर्दा यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो । इन्जिनियर यादवले जिल्लाको साविक माङजाबुङ–१, मा रहेको सिद्ध सरस्वती माध्यमिक विद्यालयको चार कोठे पक्की भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुम माँगेका थिए ।

त्यहीं घुस रकम लिंदालिंदै उनी कार्यालयमै पक्राउ परेका हुन् । वि.सं.२०७० सालदेखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले निर्माणमा ढिलाइ भएको बताइएको छ ।

इन्जिनियर यादवलाई अख्तियारको पूर्वाञ्चल क्षेत्रिय कार्यालयमा परेको उजुरीको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय प्रवक्ता रमेश बस्नेतले बताए ।