शनिश्चरे बजार क्षेत्रका टहरालाई व्यवस्थित गरिने « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

शनिश्चरे बजार क्षेत्रका टहरालाई व्यवस्थित गरिने


यलम्वर टाइम्स
२५ चैत्र २०७४, आईतवार १०:५०

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रको मुख्य केन्द्रविन्दु शनिश्चरे बजारमा अव्यवस्थित रुपमा मासु व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई व्यवस्थित गदै बजार, टहरा र पार्किङग व्यवस्थापन गर्ने कार्य अगाडि बढ्ने भएको छ ।

नगरपालिकाको भौतिक पूर्वाधार विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा बसेको उक्त बैठकले नगरको विकास क्रमलाई अगाडि बढाउन टेवा पु¥याउने खालका विविध निर्णय गरेको छ ।

कार्यक्रममा नगरपालिकाबाट नगर तटबन्धन अभियान सञ्चालन गर्न दीर्घकालिन रुपमा योेजना बनाई अगाडि बढ्ने सुझाव दिइएको छ । त्यस्तै वडा नं. १० र ११ को विभिन्न स्थानमा डुबानको समस्या रहेकाले धनसिंह बाँध सम्पन्न गर्न आवश्यक थप बजेट विनियोजन गर्न सुझाव दिइएको छ ।

भौतिक पूर्वाधार विकास समितिको बैठकले वडा नं. ९ को रेखा खोलाको डीपीआर र धनसिंह बाँध निर्माणका लागि सडक डिभिजनसँग समन्वय गर्न सुझाव प्राप्त भएको थियो । बैठकले वडा नं. ७ को दुईवटा अधुरा पुल निर्माण सम्पन्न गर्न सुझाव दिइएको थियो । यसरी नै वडा नं.६ को ढल निकासका लागि आवश्यक पहल गरी व्यवस्थापन गर्नु पर्ने ठहर पनि गरिएको छ ।

यता लक्ष्मीपुर राजमार्ग उत्तर बर्खाको पानी निकासका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्ने निर्णय भएको प्रवक्ता सकुन्तला बरालले बताइन् । उनका अनुसार वडा नं. २ मा ग्राभेल गरिएको सडकमा रोलर लगाउने सहित तटबन्धनका लागि तारजाली र केही ह्म्युपाइप उपलब्ध गराउन सुझाव दिइएको छ ।

त्यस्तै प्रकोप जोखिम न्युनिकरणका लागि वडा नं. १ को ठूलो÷सानो नेते खोलामा थप तरजाली उपलब्ध गराउनु पर्ने निर्णय समेत भएको छ भने चालु आ.व.०७४÷०७५ मा नगरपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमहरु सन्तोषजनक रुपमा सम्पन्न भैइरहेको समिक्षात्मक छलफल समेत भएको बताइएको छ ।

बैठकमा उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशाशकीय अधिकृत राधाकृष्ण खतिवडा, बरिष्ठ योजना अधिकृत हिमराज सेडाई, पूर्वाधार समिति संयोजक रमेश त्रिखत्री, वडाअध्यक्षहरु गजाधर खतिवडा, रघुनाथ खनाल, जीवन भण्डारी, ध्यान बहादुर भारती, नवराम ढुङ्गना, गोपिचन्द्र गौतम, पुष्पकुमार प्रसाई, बोर्ड सदस्य सकुन्तला बराल, नगर सभा सदस्य होमनाथ दुलाल, सेवन्त कुमार ढकाल, देवकुमार राई, दिल बहादुर सारु मगर, मोहन प्रसाद खतिवडा, खड्क प्रसाद चौहान, इन्जिनियर निरज अधिकारी, खरिदार खगेन्द्र लिङदेन स्वकीय सचिव गजेन्द्र खनालको सहभागिता रहेको थियो ।