पाँचथरमा दोस्रो चौरी महोत्सव सम्पन्न « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

पाँचथरमा दोस्रो चौरी महोत्सव सम्पन्न


यलम्वर टाइम्स
४ बैशाख २०७५, मंगलवार ०८:०३

[गणेश साम्पाङ]

पाँचथर । भारत कर्णाटककी निबेदीका सिंले जीवनमा पहिलो पटक चौंरीको हुल मात्र देखिनन् फम्जो चढेर आनन्द पनि लिइन चौरी महोत्सवमा ।

नयाँ बर्ष २०७५ को अवसरमा नेपाल भारतको सीमावर्ती स्थान पाँचथरको फालेलुङ गाउँपालिका वडा न ४ चाररातेमा शनिबार र आईतबार दोस्रो चौंरी महोत्सव सम्पन्न भयो ।

निकै दुर्गम र मानव बस्ति बिहीन सो स्थानमा सम्पन्न चौंरी महोत्सवमा स्वदेशी तथा बिदेशी थुप्रै पर्यटकले अवलोकन गरेका थिए । सदरमुकाम फिदिमदेखि ६७ किमि कच्चि सडक पार गरेर पुगिने नेपाल भारतको सीमावर्ती क्षेत्रमा बर्षौदेखि स्थानीयबासीहरु परम्परागत रुपमा चौरीपालन व्यवसाय गर्दै आईरहेका छन ।

परम्परागत रुपमा चलिरहेको चौरीपालन पेशालाई आयआर्जनसँग जोडेर व्यवसायीक र व्यवस्थित गर्न महोत्सव आयोजाना गरिएको आयोजक संस्था फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष डिल्ली केरुङ बताउँछन् ।

पाँचथरको साबिक सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु र फलैचा गाबिस हाल फालेलुङ र याङवरक गाउँपालिकाको उत्तरी क्षेत्रमा ५० भन्दा बढी चौरी गोठ १ हजार ५ सयदेखि २ हजारको हाराहारीमा चौंरी रहेको फालेलुङ ४ का चौंरी पालक राजेन्द्र राई बताउँछन् ।

पाँचथरको उत्तरी क्षेत्रमा रहेका यति धेरैको संख्यामा परम्परागत रुपमा चौंरीपालन व्यवसाय भए पनि पछिल्लो समयमा भने जनशक्ति अभावका कारण यो पेशा संकटमा पर्दै गई रहेको पाँचथर फालेलुङ ४ का चौंरी पालक छबिलाल राई भन्छन् ।

‘गाउँमा युवाहरु छैनन्, भएका युवाहरु खाडी मुलुकमा तिर छन्, फाइदा भए पनि काम गर्ने मान्छे नभएका हुनाले हामीले त चौरी पाल्यौं तर अब छोराहरुले चाही गर्ला जस्तो लाग्दैन’– राई भन्छन् ।

हिमालको गहना भनेर चिनिएको चौंरीपालन व्यवसायलाई आर्थिक आयआर्जनसँग जोड्न अनि व्यवस्थित गर्नका लागि यो महोत्सव आयोजना गरिएको हो । अहिलेसम्म यो पेशा परम्परागत रुपमै चलिरहेको छ ।

यो पेशालाई व्यवस्थित बनाई पर्यटक तान्न सक्ने बनाउनका लागि महोत्सव आयोजना गरिएको फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रवद्र्धन समिति पाँचथरका उपाध्यक्ष शिल्पकुमार राईले बताए ।

हामीले महोत्सवमा र्चौरीको दूधबाट तयार हुने विभिन्न खाद्य वस्तु घ्यू, छुर्पी, चौंरीको छाला र रौंबाट तयार हुने वस्तुको प्रदर्शनी समेत गरिएका छौं ।

महोत्सवमा याक चढ्ने (याक राइडर) कला प्रदर्शनी ३ सय चौंरीको प्रदर्शनी चौंरीका विभिन्न प्रजातिको प्रदर्शनी चौंरी गोठालाका परम्परागत खेल चौंरी गोठमा प्रयोग हुने सामाग्री जडीबुटीको फोटो प्रदर्शनी समेत आयोजना गरिएको उपाध्यक्ष राइले बताए ।

हिमाली क्षेत्रको जंगलमा बढी रमाउने चौरीको बथान हेर्ने र चौंरीको प्रजाति फम्जो चढ्ने कार्य महोत्सवको आकर्षणको केन्द्र बनेको थियो । महोत्सवमा आएका यूरोपेली, चाइनिज र भातरका पर्यटकले संसारका धेरै ठाउँमा विभिन्न प्रकारका महोत्सव देखे पनि चौंरी महोत्सवबारे भने कहिल्यै नसुनेको बताए ।

अष्टे«लियाबाट नेपाल भारतको सीमावर्ती पर्यटकीय क्षेत्र सन्दकपुर हुँदै महोत्सव स्थल आइपुगेकी निबेदीका सिंहले यस प्रकारको महोत्सव जीवनमा पहिलो पटक देखेको चौंरी सुनेको मात्र थिएँ तर चौंरी चढेर आनन्द लागेको बताए ।

चौंरीपालन पेशालाई समय अनुसार व्यवस्थित गर्दै खास गरी हिमाली क्षेत्रमा पाइने महत्वपुर्ण जडीबुटी बन्यजन्तु लगायत जैबिक बिबिधताको संरक्षणलाई समेत एकिकृत कार्यक्रम बनाएर अघि बढ्न सके यो कार्यक्रम अझ प्रभावकारी हुने संरक्षणको क्षेत्रमा कार्यरत अग्रण्ी संस्था दीपज्योति क्लबका पाँचथरका कार्यकारी निर्देशक सुनिल बान्तावा भन्छन् ।

दोस्रो चौरी महोत्सवमा पुगेका प्रमुख अतिथि पाँचथरका प्रतिनिधीसभा सदस्य बसन्तकुमार नेम्बाङले यो महोत्सवले जिल्लाको पर्यटन बिकास क्षेत्रमा सहयोग पु¥याउने धारणा राख्दै यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको हँुदा यस क्षेत्रको भौतिक बिकासका लागि आफुले गर्न सक्ने सहयोग गर्न आफु तयार रहेको बताए ।

उनले पाँचथरका उत्तरी सीमावर्ती क्षेत्रमा धेरै बर्ष पहिलादेखि चलिरहेको चौंरीपालन व्यवसायलाई व्यवस्थित र व्यवसायीक बनाउन सके यसले जिल्लाकै आर्थिक समृद्धिमा टेवा पु¥याउने बताए ।